शुक्रबार, असार २६, २०८३

विराट गोल्डकप : विराटनगर सेमिफाइनलमा प्रवेश

विराटनगर-११ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

विराटनगर - विराटनगर-११ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतको युनाइटेड फुटबल क्लब वेष्ट बंगाललाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। 

शनिबार राति सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा विराटनगरका सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरे। 

खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। 

प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डीबक्स भित्रदेखि गरेको प्रहारले जाली चुमेको थियो। पहिलो हाफमा विराटनगरले भारतलाई  दबाबमा राखेको थियो। तर, थप गोल गर्न सकेन। 

खेलको ८६ औं मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले गोल गरे। त्यसको दुई मिनेट बित्न नपाउँदै सुनिलले खेलको ८८ औं मिनेटमा गोल गरे। 

खेलको म्यान अफ दी म्याच विराटनगरका सुनिल खड्का घोषित भए। उनले नगद १० हजार रूपैयाँ प्राप्त गरे। 

आइतबारको दोस्रो क्वार्टरफाइनलमा मछिन्द्र क्लब काठमाडौं र भारतको पंजाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Apr 11, 2021| 01:08 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।