शुक्रबार, असार २६, २०८३

मुम्बई रंगशालामा चेन्नईविरुद्ध दिल्लीको जित

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलसँग सात विकेटको हार बेहोरेको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं – टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलसँग सात विकेटको हार बेहोरेको छ।

मुम्बईंको वाङखडे रंगशालामा सम्पन्न खेलमा सुरेस रैनाको अर्धसकतिय सहयोगमा चेन्नईंले बनाएको १८८ रनलाई पछि पार्दै दिल्लीले खेल जितेको हो।

चेन्नईंले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा दिल्लीलाई १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। यता दिल्लीले तीन विकेटको क्षतिमै १८ ओभर चार बल खेल्दै निर्धारित लक्ष्य पुरा गर्‍यो।

दिल्लीका शिखर धवनले ८५ रन बनाए भने पृथ्वी शले ७२ रन जोडे। दुई छक्का र १० चौकाको मद्‍तमा धवनले ५४ बल खेलेका थिए। समान १२ बाउन्ड्री प्रहार गरेका शले ३८ बल खेल्दै पेवेलियन फर्किए।

चेन्नईंका श्रर्दुल ठाकुरले दुई विकेट लिए भने ड्वेन ब्राभोले एक विकेट गिराए।

त्यसअघि चेन्नईंका मोइन अलीले ३६ रन बनाउँदा रविन्द्र  जाडेजाले २६ रन जोडे। त्यस्तै, साम करनले ३४ रनको योगदान दिए।

पहिले ब्याटिङ नगरेको दिल्लीका क्रिस वोक्स र अवेश खानले समान २–२ विकेट गिराए। त्यस्तै, रविचन्द्र अश्विन र टोम कुरनले १–१ विकेट गिराए।

यो जितसँगै दिल्ली क्यापिटलले दुई अंक जोडेको छ भने चेल्नईंको शुन्य अंक छ।

प्रकाशित: Apr 11, 2021| 00:57 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।