शुक्रबार, असार २६, २०८३

बार्सिलोनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

निकटतम प्रतिद्वन्दी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस शीर्ष फुटबल डिभिजन ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाठौं – निकटतम प्रतिद्वन्दी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस शीर्ष फुटबल डिभिजन ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।

तेस्रो स्थानमा रहेको रियलले दोस्रो स्थानको बार्सिलोनालाई हराउँदै शीर्षस्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको थियो। अहिले मड्रिड डर्बीको समान ६६ अंक छ।

तर, हेड टू हेडका आधारमा रियल अघि रहेकालले रियल शीर्षस्थानमा छ र एट्लेटिको दोस्रो स्थानमा छ। त्यस्तै बार्सिलोना भने एक अंकलेपछि पर्दै तेस्रो स्थानमा समेटिएको छ।

पछिल्लो खेलमा एट्लेटिको मड्रिड सेभियासँग पराजित भएपछि शीर्ष तीन क्लबमा उपाधि होड झन् बढेको छ। यसकारण शीर्ष तीनै क्लब उपाधि रक्षाका निम्ति लागिपरेका छन्।

शनिबार राति सम्पन्न एल क्लासिकोमा घरेलु क्लब रियल मड्रिडसँग पाहुना टिम बार्सिलोनाले २–१ गोलको हार बेहोरेको थियो।

रियलका लागि करिम बेञ्जेमा र टोनीक्रुसले समान १–१ गोल गरे। भाज्क्वेजले खेलको १३औं मिनेटमा दिएको पासको सदुपयो गर्दै बेञ्जिमाले पहिलो गोल गरेका थिए। बेञ्जेमाको अग्रतादाई २७औं मिनेटमा क्रुसले दोब्बर बनाए।

पहिलो हाफमा दुई गोलले अघि रहेको रियलविरुद्ध बार्सिलोनाका ओस्कार मिन्गुएजाले गोल गर्दै खेलमा फर्काउन चाहे पनि सकेनन्। खेलमा एक मिनेट बाँकि रहँदा रियलका कासिमेरो डबल यल्लो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो।

त्यसपछि पनि बार्सिलोनाले गोल गर्न नसक्दा उसले ६५ अंकमै चित्त बुझाउनु पर्‍यो।

ला लिगामा रियल र बार्सिलोनाले समान ३० खेल खेलेका छन् भने एट्लेटिकोले एक खेल कम खेलेको छ। यसकारण उसलाई अझै अग्रता बनाउने अवसर छ।

प्रकाशित: Apr 11, 2021| 00:39 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।