काठमाडौं- अफ्रिकन टिम अफ्रिकन रुट्सलाई हराउँदै पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि नजिताका लागि ३० मिनेट अतिरक्त समय खेलाइएको थियो।
अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरको मद्दतमा संकटाले ४–२ गोलअन्तरले जित निकालेको हो।

जितसँगै संकटा क्लबले १० लाख १ हजार रुपैयाँ जितेको छ। संकटा क्लबले आहा रारा गोल्डकप पहिलोपटक जितेको छ। उसले २०६३ सालमा पहिलो आहा रारा खेलेको थियो। त्यसयता दुईपटक सेमिफाइनलबाट बहिरिएको थियो। यो संस्करणमा मात्र फाइनलको यात्रा तय गरेको संकटाले उपाधिमा बाजी मारेको हो।
यता, पहिलोपल्ट आहा रारामा सहभागिता जनाएको अफ्रिकन रुटले उपविजेता हुँदै ५ लाख १ हजार नगद पुरस्कार जित हात पारेको छ।