शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बेस्ट ब्याटर रुविना, बेस्ट बलर बिनु र सर्वोत्कृष्ट खेलाडी सीता

बेस्ट ब्याटर रुविना, बेस्ट बलर बिनु र सर्वोत्कृष्ट खेलाडी सीता

विजेता क्लब एपीएफकी कप्तान सिता राना मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्। लिग चरणका चार खेलमा चार विकेट लिएकी उनले फाइनल खेलसमेत गरी प्रतियोगिताभर १२३ रन बनाएकी थिइन्। 
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- शनिबार सम्पन्न ललितपुर मेयर टी-२० क्रिकेट महिला च्याम्पियनसिपमा प्रदेश १ की कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट ब्याट्सवुमन बनेकी छन्।

लिग चरणमा दुई जित र दुई हार व्यहोरेको प्रदेश १ की कप्तान क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम फाइनलमा पुग्नबाट भने चुकेको थियो। क्षेत्रीले एक अर्धशतकसहित १६१ रन बनाएकी थिइन्।

त्यस्तै, बिनु बुढामगर उत्कृष्ट बलर बनेकी छन्। एपीएफकी बुढामगरले लिग चरणका चार खेलमा ९ विकेट गिराएकी थिइन्। उनको उत्कृष्ट प्रदर्शनमा एपीएफले उपाधि जितेको छ।

विजेता क्लब एपीएफकी कप्तान सिता राना मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्। लिग चरणका चार खेलमा चार विकेट लिएकी उनले फाइनल खेलसमेत गरी प्रतियोगिताभर १२३ रन बनाएकी थिइन्। 

सर्वोत्कृष्ट बनेकी सीताले २५ हजार रुपैयाँ पाइन् भने बेस्ट बलर बिनु र बेस्ट ब्याटर रुविनाले समान १५-१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
 

Lalitpur Mayor Women's Championship, 2077 Champion: APF Runner-up: Sudurpaschim Province Player of the Final: Jyoti...

Posted by Cricket Association of Nepal-CAN on Saturday, April 10, 2021

प्रकाशित: Apr 10, 2021| 11:42 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।