शुक्रबार, असार २६, २०८३

ललितपुर मेयर कपको उपाधि एपीएफलाई

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले आठ विकेटको जित निकालेको हो।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- ललितपुर मेयर कप महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधि विभागीय टिम एपीएफले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले पूंरा ओभर खेल्दै सात विकेटको क्षतिमा १०७ रन बनाएको थियो। १०७ रनको लक्ष्य पाएको एपीएफले दुई विकेटको क्षतिमा २३ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो।

एपीएफको जितका लागि ओपनर ज्योति पाण्डे र कप्तान सिता राना मगरले ६९ रनको साझेदारी गरे। कप्तान मगरले २७ रन जोडिन्। त्यस्तै पाण्डेले ३६ रन बनाएकी थिइन्। दुवै खेलाडी रनआउट भएका थिए।

तेस्रो नम्बरमा मैदान छिरेकी इन्दू बर्माले १९ र ममता चौधरीले १५ रन जोडिन्।

त्यसअघि ब्याटिङ गरेको सुदुरपश्चिमी बिन्दू रावलले सर्वाधिक ४३ रन बनाइन् भने डली भट्टले १४ रन बनाइन्। त्यस्तै रेवती धामी, कविता कुँवरले क्रमशः १० रन र १३ रन जोड्दै बाहिरिए।

फाइनलमा सुनिता लोहार शून्य रनमा आउट हुँदा कविता जोशी ३, ऋतु नौजिया ४, मञ्जु बोगटी ३ रनमा आउट भइन्। एक रन जोडेकी सम्झना खड्का अविजित रहिन्।

एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, सुस्मा श्रेष्ठ, सिता राना मगर र विन्दू बोहराले समान १–१ विकेट लिए।

एपीएफले उपाधिसहित तीन लाख रुपैयाँ नगद रकम पुरस्कार जितेको छ भने उपविजेता सुदुरपश्चिमले एक लाख पचास हजार नगद पुरस्कार पाएको छ।

प्रकाशित: Apr 10, 2021| 08:33 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।