शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ललितपुर मेयर कप फाइनल : एपीएफलाई सुदूरपश्चिमको १०७ रनको लक्ष्य

ललितपुर मेयर कप फाइनल : एपीएफलाई सुदूरपश्चिमको १०७ रनको लक्ष्य

टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १०७ रन बनाएपछि एपीएफले १०७ रनको लक्ष्य पाएको हो।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं– ललितपुर मेयर कप महिला टी–२० क्रिकेट च्याम्पियनसिपअन्तर्गत जारी फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टिम एपीएफलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १०७ रन बनाएपछि एपीएफले १०७ रनको लक्ष्य पाएको हो।

सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४३ रन बनाइन् भने डली भट्टले १४ रन बनाइन्। त्यस्तै रेवती धामी र कविता कुँवरले क्रमशः १० रन र १३ रन बनाइन्।

फाइनलमा सुनिता लोहार शून्य रनमा आउट हुँदा कविता जोशी तीन, ऋतु नौजिया चार, मञ्जु बोगटी तीन रनमा आउट भए। एक रन जोडेकी सम्झना खड्का अविजित रहिन्।

एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र विन्दू बोहराले समान १–१ विकेट लिए।
 

प्रकाशित: Apr 10, 2021| 07:09 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।