शनिबार, फागुन ३०, २०८२

पन्जाब पुलिस विराट गोल्डकपको क्वार्टरफाइनलमा

सहिद रंगशालामा शुक्रबार राति भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारतको पन्जाब पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

विराटनगर– भारतको पन्जाब पुलिस विराट गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

National life

सहिद रंगशालामा शुक्रबार राति भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारतको पन्जाब पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 

खेलमा निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमको १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो। 

दोस्रो हाफदेखि आक्रामक भएको रुपन्देहीले खेलको ८० औं मिनेटमा शक्ति राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। लुइस भिदलले निकालिदिएको फ्रिकिक शक्तिले सदुपयोग गरेका थिए।

दोस्रो हाफमा गोल भएपछि भारत दबाबमा परेको थियो। तर रुपन्देहीका लागि अग्रताको त्यो खुसी लामो समयसम्म टिक्न सकेन।

Laxmi sunrise bank
kumari

खेलको अन्त्यतिरमा रुपन्देहीका खेलाडी सम्हालिन नसक्दा ९० औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरी खेल बराबरीमा ल्याए।

सरबजित सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत चाली चुमाए। हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो। 

टाइब्रेकरमा भारतका तर्फबाट सरबजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरिदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए। 

रुपन्देहीका शक्ति राई र गौरव श्रेष्ठले मात्र गोल गरे। आशिष गुरूङको प्रहार भारतका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङले गरेको प्रहार पोसमा लागेर बाहिरियो।

खेलको म्यान अफ द म्याच भारतका गोल रक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।प्रतियोगिताअन्तर्गत शनिबार साँझ विराटनगर–११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगालबीच प्रतिस्पर्धा हुनेछ। 


 

प्रकाशित: Apr 10, 2021| 04:53 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।