शनिबार, फागुन ३०, २०८२

ललितपुर मेयर कपको फाइनलमा एपीएफलाई सुदूरपश्चिमको चुनौती

ललितपुर मेयर कप महिला टी–२० च्याम्पियनसिपअन्तर्गतको फाइनल खेल शनिबार हुँदै छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं– ललितपुर मेयर कप महिला टी–२० च्याम्पियनसिपअन्तर्गतको फाइनल खेल शनिबार हुँदै छ। 

National life

ललितपुर महानगरपालिकाको २० लाख रुपैयाँ आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको फाइनलमा विभागीय टिम एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन्।

लिग अवधिका चारै खेलमा अपराजित यात्रा गरेको एपीएफ फाइनलमा सुदूरपश्चिमलाई हराउँदै यो वर्षको पहिलो उपाधि जित्ने दाउमा छ।

एपीएफले लमही मैदानमा भएको पीएम कपको फाइनलमा प्रदेश १ सँग हार बेहोरेपछि यो वर्ष उपाधि जितेको छैन। 

प्रधानमन्त्री कपको विजेता प्रदेश नम्बर एक भने दुई हार र दुई जितका साथ समूह चरणबाटै बाहिरहेको छ।

Laxmi sunrise bank
kumari

समूह चरणमा एकमात्र हार बेहोरेको सुदुरपश्चिम पनि विभागीय क्लबलाई हराउँदै उपाधि जित्ने दाउमा हुनेछ। तर तुलनात्मक रुपबा बलियो एपीएफसँग उसले लिग चरणको खेलमा भने हार बेहोरेको थियो।

त्यसैले लिग चरणमा बेहोरेको हारको बदला लिँदै सु्दूरपश्चिम उपाधि जित्न चाहन्छ। पीएम कपमा भने सुदूरपश्चिम लिग चरणबाटै बाहिरिएको थियो। फाइनल खेल आज दिउँसो १ बजेट हुनेछ।
 

प्रकाशित: Apr 10, 2021| 01:29 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।