शुक्रबार, असार २६, २०८३

आईपीएल : डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध बैंगलोरको जित

इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले दुई विकेटको जित निकालेको छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले दुई विकेटको जित निकालेको छ।

चेन्नईको चिदम्बरम् रंगशालामा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले पूरा ओभर खेल्दै नौ विकेट गुमाएर १५९ रन बनाएको थियो। 

१६० रनको लक्ष्यका साथ मैदान पसेको बैंगलोरले आठ विकेट गुमाउँदै अन्तिम बलमा लक्ष्य भेट्टाएपछि जित निकालेको हो।

बैंगलोरको जितका लागि एबी डेबिलियर्सले ४८ रन बनाए भने ग्लेन म्याक्सवेलले ३९ रन जोडे। त्यस्तै, विराटको कोहली र वासिंटन सुन्दरले क्रमशः ३३ र १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईका लागि जसप्रित बुमराह र मार्को जानसेनले समान २–२ विकेट लिए। ट्रेन्ट बोल्ट र क्रुणल पाण्ड्याले समान १–१ विकेट गिराए।

त्यसअघि ब्याटिङ गरेको मुम्बईले क्रिस लिन, सूर्यकुमार यादव र ईशान किसनले क्रमशः ४९, ३१ र २८ रन बनाएका थिए।

बैंगलोरका हर्ष पटेलले सर्वाधिक पाँच विकेट गिराउँदा वासिंटन सुन्दरले एक र केलिय ज्यामिसनले पनि एक विकेट गिराएका थिए।

जितसहित बैंगलोरले २ अंक जोडेको छ। आईपीएलअन्तर्गत शनिबार चेन्नई र दिल्ली क्यापिटल भिड्दैछन्।
 

प्रकाशित: Apr 10, 2021| 01:21 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।