शुक्रबार, असार २६, २०८३

आहा रारा गोल्डकप : उपाधिका लागि अफ्रिकन रुट्स र संकटा भिड्दै

आहा रारा गोल्डकपको उपाधिका लागि अफ्रिकन रुट्स र संकटा क्लब भिड्दै छन्।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं – आहा रारा गोल्डकपको उपाधिका लागि शनिबार अफ्रिकन रुट्स र संकटा क्लब भिड्दै छन्।

सहारा क्लबले पोखरामा आयोजना गरेको प्रतियोगिताको उपाधिका लागि यी दुई क्लब पहिलोपटक भिड्न लागेका हुन्।
आहा राराको १९ औं संस्करणसम्म आइपुग्दा संकटा क्लब पहिलोपटक फाइनलमा पुगेको हो। 

संकटा २०६१ सालमा पहिलोपटक आहा रारामा सहभागी बनेको थियो। यसअघि २०७३ सालमा संकटा क्लब सेमिफाइनलमा मनाङ मर्यास्याङ्दीसँग १–० गोलले पराजित भएको थियो।

२०७४ सालमा उसले नेपाल पुलिस क्लबसँग पहिलो खेलमै १–० गोलको हार बेहोरेको थियो।

त्यसअघि २०७० सालको पहिलो खेलमै उसले जाउलाखेलसँग १–० गोलको हार बेहोरेको थियो। 

नेपालमा अफ्रिकाबाट फुटबल खेल्न आएको अफ्रिकन रुट पनि पहिलोपटक आहा राराको फाइनलमा पुगेको छ। 

यो क्लबले पहिलोपटक आहा रारा खेलेको हो। तर आहा रारा खेल्ने यो टिम पहिलो अफ्रिकन टिम भने होइन। साथै पहिलोपटक फाइनल पुगेको अफ्रिकन टिम पनि यो होइन।

२०६२ सालमा आयोजित चौथो संस्करणको प्रतियोगितामा पनि अफ्रिकन युनाइटेड क्लबले नेपाल पुलिसलाई २–० गोलले हराउँदै उपाधि जितेको थियो। यसअघि २०७५ सालको संस्करण अफ्रिकन मुलुक क्यामरुनी डफिन्स क्लब आहा राराको सेमिफाइनलसम्म पुगेको थियो।

उति बेला नेपाल पुलिस क्लब नेपाली फुटबलमा निकै बलियो मनिन्थ्यो। २०६५ यता त उसले लिग नै जितेको थियो।

प्रकाशित: Apr 10, 2021| 01:34 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।