शुक्रबार, असार २६, २०८३

राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता आज

नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेस्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता शनिबार हुँदै छ।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं-  नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेस्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता शनिबार हुँदै छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा  हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक कमिटीका सचिव सुरेश सुवेदीले बताए।

प्प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी एक सय एक खेलाडी सहभागी रहनेछन्। 

शुक्रबार खेलाडीको वजन लिनुका साथै खेलाडीलाई नियमका बारेमा पनि जानकारी गराइएको जजेज कमिटीका संयोजक बुद्धि कार्कीले जानकारी गराए।

पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी  १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

पुरुष र महिलातर्फ प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई ओभरअल च्याम्पियन पनि घोषणा गरिनेछ।

त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन्। अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन कार्कीको स्मृतिमा प्रतियोगिता हुन लागेको हो।

नेपालमै रहेका बेला केही महिनाअघि उनको हृदयघातका कारण निधन भएको थियो।

प्रकाशित: Apr 10, 2021| 00:54 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।