शुक्रबार, असार २६, २०८३

साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा

एपीएफका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- एपीएफका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन्।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मंगलले आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरेर शुक्रबार सेमिफाइनलमा पुगेका हुन्।
सोही स्पर्धामा नेशनल मुवाँथाईका अब्राहम राई, बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका कमल आचार्य पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा पुगे।

पुरुष ६५ केजीमा आर्मीका राजेश चौधरी र आर्मीकै सन्तोषकुमार लामा, ७० केजीमा नेसनल किक बक्सिङका गोरख इनेरा र आर्मीका सनीसिंह सुनार, ७५ केजीमा आर्मीका दलबहादुर घले र एपीएफका अनिष शाही तथा खुला तौलसमूहमा नेसनल किक बक्सिङका विजय तामाङ र एपीएफका सन्जिव महर्जनले फाइनल भेट पक्का गरे।

पुरुष ५० केजीमा मुवाँथाईका कविर देसार, एपीएफका रोशन अछामी, आर्मीका धर्मेन्द्र राम र राजेन्द्र लामा सेमिफाइनलमा पुगे।

५५ केजीमा मुवाँथाईका दावा कुन्जे शेर्पा, एपीएफका रोहित छनारो, नेशनल किक बक्सिङका मनोज राना मगर र एपीएफका तिर्थराज थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर र रेज फिट्नेसकी तेजी गुरुङ, ५५ केजीमा एपीएफकी विद्या गुरुङ र आर्मीकी मनिषा प्रधान, ६० केजीमा सिभानी श्रेष्ठ र एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी विद्या बोहरा र आर्मीकै मन्जु विक तथा खुला तौलसमूमा एपीएफकी मनिषा रावत र आर्मीकी विन्दु पुन मगरले उपाधि भिडन्त पक्का गरे। प्रतियोगिता शनिबार सम्पन्न हुने छ।

प्रकाशित: Apr 09, 2021| 13:51 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।