शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल आज : मुम्बईको ह्याट्रिक योजनादेखि कमजोर कोरोना प्रोटोकलसम्म

आईपीएल आज : मुम्बईको ह्याट्रिक योजनादेखि कमजोर कोरोना प्रोटोकलसम्म

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज सुरु हुँदैछ। आगामी मे ३० मा सकिने लिगमा उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्ससँग खेल्दैछ।
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज सुरु हुँदैछ। आगामी मे ३० मा सकिने लिगमा उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्ससँग खेल्दैछ।

National life

इन्डियाका विभन्न ६ सहरमा हुने आईपीएल घरेलु टिम नभएको अहमदाबादको नरेन्द्र मोदी रंगशालामा पनि हुनेछ। १ लाख १० हजार दर्शक क्षमता भएको रंगशाला विश्वकै ठूलो क्रिकेट रंगशाला पनि हो।

यही रंगशालामा यो सिजनको फाइनल खेल हुनेछ। विश्वकै महंगो र सर्वाधिक लोकप्रिय क्रिकेट लिगलाई भिभोले मुख्य प्रयोजन गरेको छ। जारी सम्झौताअनुसार भिभोले गर्ने यो अन्तिम सम्झौता हुन सक्नेछ।

पहिलो खेलमा बैंगलोर र मुम्बई

डिफेन्डिङ च्याम्पियन मुम्बईले चिदम्बरम् रंगशालामा आज साँझ साढे सात बजे बैंगलोरको सामना गर्दैछ। बैंगलोरले तीन पटक उद्घाटन खेल्दा उसले सबै खेल हारेको थियो। यता गत सिजनको पहिलो खेलमा मुम्बईले हार बेहोरेको थियो।
तर सन् २०१३ यता पाँच पटक च्याम्पियन बनिसकेको मुम्बई सुरुवाती खेलमै जित निकाल्दै उपाधि ह्याट्रिक गर्ने लयमा हुनेछ। यी दुई टिमबीच भएका खेलमा पनि मुम्बईले १७ जित निकालेको छ भने बैंगलोरले १० खेल जितेको छ।
साथै आजको खेलमा कोहलीलाई ६ हजार रन बनाउने मौका हुनेछ। उनले आईपीएलमा ५ हजार ८७८ रन बनाइसकेका छन्।

Laxmi sunrise bank
kumari

यो वर्षका पाँच महत्वपूर्ण कुरा

गएको सिजनमा क्वारेन्टिन र होटेलको विवादमा आईपीएल छोडेका सुरेश रैनालाई क्लबले रिलिज गर्ने बताए पनि अहिले क्लबमै छन्। त्यस्तै, कप्तान महेन्द्र सिंह धोनी पनि क्लबमै छन्।
२०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका उनीहरुले गत वर्ष भने अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए। गएको सिजनमा पनि धोनीले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्। पछिल्लो सिजनको अन्त्यमा पनि चेन्नईले आफ्नो स्क्वाडमा निरन्ता बदली गरिरहेको थियो। त्यसैले यो सिजनमा उसको टिम फर्मेसनमा समर्थकको चासो रहनेछ।

यता कोलाकत्ताको विदेशी खेलाडी प्रयोगबारे पनि निकै चासो देखिन्छ। इयोन मोगर्न, आन्द्रे रसेल र पट कमिन्स खेलका लगातार सदस्य हुन्। टिममा उनीहरुबाहेकका अर्का एक विदेशी खेलाडी छनोट हेर्नलायक रहनेछ।
एक टिमले चार विदेशी खेलाडी राख्न पाउने नियम छ। त्यसैले पछिल्लो सिजनको प्रदर्शनका आधारमा सुनिल नायर र शकिब अल हसन धेरै प्रयोग हुन सक्नेछन्।

साथै तेस्रो महत्वपूर्ण कुरा हो एबी डेबिलियर्सको प्रदर्शन। उनले पछिल्लो ११ इनिङमा १०८ रन बनाएका छन्। त्यसैले यो वर्ष बेंगलोरमा कप्तान विराट कोहली र उनको जोडी कस्तो जम्नेछ त्यसलाई पनि लिगको महत्वपूर्ण पक्षका रुपमा लिन सकिन्छ।

त्यस्तै, रोहित शर्माको गेम योजना पनि यो वर्ष केन्द्रमा रहनेछ। उनको टिमले प्लेइङ सेटमा हत्तपत परिवर्तन गरेको छैन। मुम्बईले यो वर्ष प्लेइङ सेट परिवर्तन गर्ला ? त्यो हेर्नलायक पक्ष रहनेछ। उसले अक्सनबाट आफ्नो टिममा केही स्पीनर बढाएको छ। त्यसैले त्यसको प्रयोगले यो सिजनमा चर्चा कमाउनेछ।

यो सिजनको पाँचौ महत्वपूर्ण कुरा पृथ्वी शको प्रदर्शन हो। उनी धेरै उतारचढाबबाट गुज्रिसकेका छन्। उनले पछिल्लो सिजन दुई अर्धसतकसहित १३ इनिङमा २२८ रन बनाएका थिए।
त्यसपछि अष्ट्रेलियाविरुद्धको टेस्टमा उनको खेल सुध्रिएको थियो। त्यसैले यो सिजनको आईपीएलले उनको जाँच गराउने छ।

बबलको कमजोर नियम

इन्डियामा कोभिडको महामारी अझै बढ्दो छ। दैनिक १ लाखभन्दा ठूलो संख्यामा संक्रमित थपिएका छन्। क्रिकेटमै सक्रिय विभिन्न व्यक्तिहरुलाई पनि भर्खरै कोरोना संक्रमण भइसकेको छ।
पछिल्लो सिजनको तुलनामा यो सिजनमा धेरै परिवर्तन भएका छन्। पछिल्लो सिजनमा सबै खेल तीन रंगशालामा मात्र सम्पन्न भएका थिए। तर यो वर्ष भेन्यूको संख्या दोब्बर छ।

गत अगस्टमा आईपीएल यूएईमा हुँदा त्यतिबेला यूएई कोभिडको हटस्पटका रुपमा थिएन। साथै हरेक टिमको आफ्नै बस थियो र उनीहरु बसमा मात्र यात्रा गरेका थिए। यसले बबल बाहिरका मानिससँग सम्पर्ग भएको थिएन।
यो वर्ष क्लबहरुले हवाई मार्गबाट यात्रा गर्नेछन्। जसले कोभिडङको जोखिम बढाउनेछ। हवाई यात्रा चार्टर्ड विमानमा भए पनि सेक्युरेटी चेकलगायतका कुराले असर पार्न सक्नेछ।

साथै आईपीएल आयोजना हुने मुम्बई, दिल्ली, बेंगलोर, चेन्नई, कोलकत्ता र अहमदाबाद कोभिडको हटस्पटको रुपमा छन्।

गत वर्षको जस्तो यो सिजनमा खेलाडी र अफिसियललाई मेडिकल एक्सपर्टबाट संक्रमण जोखिमबारे भर्चुअल क्लास दिइएको छैन भने बबलमा बस्नेलाई मुभमेन्ट ट्राकर दिइएको छैन। जुन पछिल्लो आईपीएलमा दिइएको थियो।
यो वर्ष बबल इन्टिग्रिटी मेनेजमेन्ट र क्वारेन्टिन प्रोटोकल पनि गत वर्षको भन्दा खुकुलो बनाइएको छ।
 

प्रकाशित: Apr 09, 2021| 08:55 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।