काठमाडौं– कोभिड–१९ को संक्रमणका कारण अस्पतान भर्ना भएका इन्डियन क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन्।
मार्च २७ मा कोभिड पुष्टि भएका ४७ वर्षे तेन्दुलकर एक हप्ताको अस्पताल बसाइपछि घर फर्किएका हुन्।
उनलाई कोभिडको संक्रमण पुष्टि भएको ६ दिनपछि मुम्बई अस्पतालमा भर्ना गरिएको थियो। पूर्व इन्डियन राष्ट्रिय टिमका खेलाडीले भनेका छन्, ‘म घर फर्किसकेको छु र अहिले आइसोलेसनमा रेस्ट गरिरसहेको छु। म यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु।’
उनले आफूलाई अस्पताल बसाइमा रेखदेख गर्ने सबैलाई धन्यवाद दिएका छन्। तेन्दुलकरले सन् २०१३ मा क्रिकेटबाट संन्यास लिएका थिए। २०० टेस्ट म्याच खेलेका तेन्दुलकरले १५ हजार ९२१ रन बनाएका छन्। त्यस्तै, ४६३ एक दिवसीयमा १८ हजार ४२६ रन बनाएका छन्।