शुक्रबार, असार २६, २०८३

विराट गोल्डकपमा विराटनगरको विजयी सुरूवात

छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर–११ ले विजयी शुरुवात गरेको छ । 
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

विराटनगर– छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर–११ ले विजयी शुरुवात गरेको छ । 

विहिबार राती सम्पन्न उद्घाटन खेलमा विराटनगरले युनाइटेड फुटबल क्लब सिक्किमलाई २–१ गोल अन्तरले पराजित गरेको हो। विराटनगर ११ का प्रकाश बुढाथोकीले खेल सुरू भएको ८ औं मिनेटमा गोल गरेका थिए। खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस पासलाई सदुपयोग गर्दै साङगे छोपेन भुटियाले सानदार गोल गरे। 

पहिलो हाफसम्म १–१ गोलको बराबरी भएको खेलको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले जालि चुम्यो । खेलको म्यान अफ द म्याच बुढाथोकी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

वैशाख ४ सम्म चल्ने रात्रीकालिन प्रतियोगितामा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज, विराटनगर–११ सहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले बताएको छ। 

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताअन्र्तगत आज भारतको पञ्जाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: Apr 09, 2021| 01:07 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।