शनिबार, फागुन ३०, २०८२

मुवाँथाइका कविन क्वार्टरफाइनलमा 

नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे। 

National life

सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका सुनिल कुँवर, एपीएफका रोशन अछामी, सेनाका धर्मेन्द्र राम, एपीएफका संगम विक, मुवाँथाइका मेम्पा तामाङ र छम्पीका राजेन्द्र लामा पनि क्वाटरफाइनलमा पुगे। 
ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भइरहेको प्रतियोगिताको पुरुष ५५ केजीमा मुवाँथाइका दावा कुन्जे शेर्पा, उसुका कृष्ण खड्का, नेसनल किक बक्सिङका हरि मिजार, एपीएफका रोहित सुनार, आयोजक ललितपुरका गणेश लोहार, नेसनलका मनोज राना मगर, भक्तपुरका सिरुष भुजु र एपीएफका तीर्थराज थापाले क्वार्टरफाइनल यात्रा तय गरे। 

पुरुष ६० केजीमा मुवाँथाईका अब्राहम, एपीएफका निशान दास, सेनाका कमल आचार्य, पोखराका सञ्जय परियार र एपीएफका मंगलप्रसाद थारु क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे। आकर्षक नगद पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङ, सेनाकी नविना घलान, सेनाकै मनीषा प्रधान र एपीएफकी कमला बोहराले सेमिफाइनलमा स्थान सुरक्षित गरे। 

महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर, सेनाकी शान्ति थापा र एपीएफकी सरु सोतीले सेमिफाइनलमा स्थान बनाए। 

प्रतियोगिताको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रत्येक स्पर्धाका पदक विजेता, शीर्ष तीन स्थानमा रहने टिम र उत्कृष्ट पुरुष/महिला खेलाडी गरी कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको विभागका सचिव एवम् प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले जनाएका छन्। पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धा समावेश प्रतियोगिता शनिबारसम्म चल्ने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2021| 14:14 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।