शुक्रबार, असार २६, २०८३

आईपीएलमा यो वर्ष घरेलु मैदानको फाइदा छैन : कोहली

भोलि सुरु हुन लागेको इन्डियन प्रिमियर लिगमा कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन्।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- भोलि सुरु हुन लागेको इन्डियन प्रिमियर लिगमा कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन्।

कोरोना महामारीलाई मध्यनजर गर्दै इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले यो वर्ष घरेलु मैदानमा लिग नगराउने भएको छ।

यसकारण फ्रेन्चाइज टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले यो वर्ष घरेलु मैदान र समर्थकको फाइदा कुनै टिमलाई नहुने बताए।

गत वर्ष युएईमा भएको आईपीएलमा कोहलीको टिम प्ले अफसम्म पुगेको थियो। समग्रमा बैंगलोर चार वर्षमा प्ले अफ पुगेको थियो। यो वर्ष घरेलु मैदानको फाइदा नभए पनि आफू प्ले अफभन्दा माथि पुग्ने विराटको लक्ष्य छ।

‘घरेलु मैदान चिन्नस्वामीमा खेलेको जस्तो यो वर्ष हुँदैन’, कोहलीले भने, ‘यो वर्ष समर्थकले आईपीएल धेरै मिस गर्नेछन्। तर हामी युएईबाट इन्डिया पुगेका छौं। यो निकै उत्साहजनक कुरा हो।’

प्रकाशित: Apr 08, 2021| 13:42 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।