शनिबार, फागुन ३०, २०८२

ललितपुर मेयर टी-२० क्रिकेटमा एपीएफको अपराजित यात्रा

एक खेल अगावै फाइनल पुगेको विभागीय टिम एपीएफले ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको लिग चरणका सबै खेलमा विजयी भएको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- एक खेल अगावै फाइनल पुगेको विभागीय टिम एपीएफले ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको लिग चरणका सबै खेलमा विजयी भएको छ।
त्रिवि क्रिकेट मौदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ४० रनले हराउँदै लिगमा अपराजित यात्रा कायम गरेको हो।

National life

टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १४२ रन बनाएको थियो। १४३ रनको लक्ष्य पाएको लुम्बिनीले पुरा ओभर खेल्दा दुई विकेट गुमाएर १०२ रन मात्र जोड्न सकेपछि एपीएफले सहज जित निकालेको हो।

एपीएफएको जितका लागि ममता चौधरी, सीता राना मगर र राजमति ऐरीले क्रमशः ४७, २८ र २३ रन बनाएका थिए।
यता लुम्बिनीका कृतिका मरासिनी र स्वस्तिका बगजाईंले समान २–२ विकेट लिए भने नेरी थापा र सरस्वति पुनले १–१ विकेट लिए।

दोस्रो इनिङमा किफायती बलिङ गरेको एपीएफकी रेखा रावलले एक र बिनु बुढाले पनि १–१ विकेट लिए। लुम्बिनीका लक्ष्मी चौधरी, नेरी थापा र सरस्वती जीएमले क्रमशः ३५, २७ र २१ रन बनाए।
यससँगै लिग चरणका सम्पूर्ण खेल सकिएका छन्। फाइनल खेल आगामी शनिबार हुनेछ। फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ।

प्रकाशित: Apr 08, 2021| 13:13 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।