शुक्रबार, असार २६, २०८३

न्यु डायमन्डले जित्यो एनभीए महिला भलिबल लिगको उपाधि

न्यू डायमन्ड स्पोर्ट्स क्लबले पाँचौ सस्करणको एनभीए भलिबल लिगको उपाधि जितेको छ। 
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- न्यू डायमन्ड स्पोर्ट्स क्लबले पाँचौ सस्करणको एनभीए भलिबल लिगको उपाधि जितेको छ। 

बिहीबार भएको खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटले पराजित गरेहो हो। 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट २५–२२ ले गुमाएको न्यु डाइमन्डले पुनरागमन गर्दै लगातार दुई सेटमा जित निकाल्यो। 

दोस्रो सेटमा २५–११ को जित निकाल्यो। त्यस्तै न्यू डायमन्डले तेस्रो सेटमा अन्तिमा २५–१९ को जित निकालेको न्यु डाइमन्डलाई पुलिसले चौथो सेटमा २५–२१ ले हराएको थियो।

२–२ को बराबरीको अवस्थामा सुरु भएको अन्तिम तथा निर्णायक सेटमा १५–११ अंकले न्यु डाइमन्डले खेल जितेको थियो।
यो जितसँगै न्यु डाइमन्डले ३ लाख नगद पुरस्कार पाएको छ। उपविजेता पुलिसले १ लाख ५० हजार पुरस्कार पाएको छ।

प्रकाशित: Apr 08, 2021| 12:19 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।