शुक्रबार, असार २६, २०८३

मेयर कपमा प्रदेश १ को सुखद अन्त्य

एक खेल अगावै लिग चरणबाट बाहिरिएको प्रदेश १ ले ललितपुर मेयर कप महिला टी२० क्रिकेटमा सुखद अन्त्य गरेको छ।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठामाडौं – एक खेल अगावै लिग चरणबाट बाहिरिएको प्रदेश १ ले ललितपुर मेयर कप महिला टी२० क्रिकेटमा सुखद अन्त्य गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले ललितपुर मेयर ११ लाई १५ रनले हराएको हो।

टस जितेर ब्याटिङ राजेको प्रदेश १ ले रोमा थापाको ६६ रनको सहयोगमा दुई विकेट गुमाउँदै १२८ रन बनाएको थियो। 

जबाफी ब्याटिङमा मेयर ११ पूरा ओभर खेलेर सात विकेट गुमाउँदै ११३ रनमा समेटिएपछि खेल प्रदेश १ ले जित्यो।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले क्रमशः २१ र २६ रन बनाए।

मेयर ११ का सन्तोषी चौधरी र सरस्वती कुमारीले समान १–१ विकेट गिराए।

मेयर ११ की अनुराधा चौधरीले २८ रन बनाइन् भने सुमन खतिवडाले २७ र सरस्वती कुमारीले १७ रन जोडिन्।

प्रदेश १ की रुविना क्षेत्रीले तीन विकेट लिँदा सबनम राई र ज्योति दनुवारले समान १–१ विकेट लिए।

यससँगै प्रदेश १ ले लिगमा दुई जित र दुई हार बेहोरेको छ। प्रदेश १ ले यसअघि एपीएफ र सुदुरपश्चिमसँग हार बेहोरेको थियो भने मेयर ११ र लुम्बिनीलाई हराएको थियो।

एकमात्र जित निकालेको मेयर ११ ले प्रतियोगिताको अन्तिम खेलमा हार बेहोरेको हो।
मेयर कपअन्तर्गत फाइनल आगामी शनिबार हुनेछ।
 

प्रकाशित: Apr 08, 2021| 08:22 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।