शुक्रबार, असार २६, २०८३

एनभिए भलिबल लिगको फाइनल आज

 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- पाँचौँ संस्करणको एनभिए पुरुष तथा महिला क्लब भलिबल लिगअन्तर्गत आज (बिहीबार) दुवै फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने महिलातर्फको फाइनल खेल बिहान ११:३० बजे सुरु हुनेछ भने दिउँसो २:३० बजे पुरुषतर्फको फाइनल खेल सुरु हुनेछ।

महिलातर्फको फाइनल खेलमा आज विभागीय टिम नेपाल पुलिस क्लबले न्यु डाइमन्ड क्लबको सामना गर्नेछ। लिग चरणको खेलमा न्यु डाइमन्ड क्लबले पुलिसलाई हराएको थियो।

पुरुषतर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले हेल्प नेपाल स्पोट्स क्लबलको सामना गर्नेछ।

प्रतियोगितामा दुवैतर्फको विजेताले समान ३–३ लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उपविजेता एक लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथो हुने टिमले ३७ हजार पाउने छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउने छन्। त्यस्तै, उत्कृष्ट लिब्रो, स्पाइकर, ब्ल्कर, सर्भर, सेटर र प्रशिक्षकले समान १०–१० हजार पुरस्कार पाउनेछन्।

प्रकाशित: Apr 08, 2021| 02:45 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।