शुक्रबार, असार २६, २०८३

पोर्टोविरुद्ध चेल्सीको जित

जितले चेल्सीमा पहिलोपटक पराजय व्यहोरेका प्रशिक्षक थोमस टुचेललाई पनि सन्तोष प्रदान गरेको छ। उनले चेल्सी टिम सम्हालेपछि यसअघिको खेलमा वेस्ट ब्रुमसँग पराजित भएको थियो।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- इङ्लिस फुटबल क्लब चेल्सीले पोर्चुगिज क्लब पोर्टोविरुद्ध २-० गोलको जित निकालेको छ। अन्तर्राष्ट्रिय विन्डोपछि प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको चेल्सीले च्याम्पियन्स लिगमा जित निकालेको हो। 

जर्गिन्होको पासबाट खेलको ३२औं मिनेटमा मेसन माउन्टले अग्रता दिलाए। चेल्सीका लागि दोस्रो हाफमा बिन चेलबेलले अर्को गोल गरे।

जितले चेल्सीमा पहिलोपटक पराजय व्यहोरेका प्रशिक्षक थोमस टुचेलका लागि पनि सन्तोषप्रद भएको छ। उनले चेल्सी टिम सम्हालेपछि यसअघिको खेलमा वेस्ट ब्रुमसँग पराजित भएको थियो।

कोभिड-१९ को महामारी कारण स्पेनको सेभियामा खेल सारिएको थियो। अर्को  हप्ता हुने खेल पनि सेभियाकै मैदानमा हुनेछ। दुवै लेगको समग्र विजेता सेमीफाइनलमा प्रवेश गर्नेछ।

प्रकाशित: Apr 08, 2021| 02:05 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।