शुक्रबार, असार २६, २०८३

बायर्नविरुद्ध पिएसजीको बदला

क्वार्टरफाइनलअन्तर्गत बायर्नको मैदानमा बुधबार राती भएको पहिलो लेगको खेलमा साविक विजेता बार्यनलाई पिएसजीले ३–२ गोलअन्तरले हरायो।
 |  बिहीबार, चैत २६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०७७

काठमाडौं- पछिल्लो सिजनमा युईएफए च्याम्पियन्स लिगको फाइनल पुगेको फ्रेन्च टिम पिएसजी र जर्मन टिम बायर्न म्युनिकले यो सिजनको क्वार्टरफानलमा प्रतिस्पर्धा गरेका छन्।

क्वार्टरफाइनलअन्तर्गत बायर्नको मैदानमा बुधबार राती भएको पहिलो लिगको खेलमा साविक विजेता बार्यनलाई पिएसजीले ३–२ गोलअन्तरले हराएको छ।

पिएसजीका लागि केलियन एम्बाप्पेले दुई गोल गरे भने मार्क्विन्होसले एक गोलको योगदान दिए। एम्बाप्पेले तेस्रो मिनेटमै गोल गरेर अग्रता बनाएपछि मार्क्विन्होसले २८औं मिनेटमा गाल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। तर पहिला हाफको ३७औं मिनेटमा एसिक म्याक्सिम चुपोमोटिङले गोल गर्दै बायर्नलाई पुनरागमन प्रयास गरेका थिए। पहिलो हाफमा बायर्न २–१ गोलअन्तरमा रोकियो।

दोस्रो हाफको ६०औं मिनेटमा बायर्नका थोमस मुलारले गोल गरेपछि खेल बराबरी भएको थियो। बराबरीको अवस्थालाई पन्छाउँदै मार्क्विन्होसले खेलको २८औं मिनेटमा गोल गर्दै पिएसजीलाई जित दिलाए।

अब दोस्रो लेगको खेल अप्रिल १४ मा पिएसजीको मैदानमा हुँदैछ। सो खेलमा जित वा बराबरी खेल्न सके पिएसजी अघिल्लो तरणमा पुग्नेछ।

यता बार्यनलाई सेमीफाइनल पुग्न अनिवार्य दुईभन्दा बढी गोलअन्तरको जित आवश्यक हुनेछ।

प्रकाशित: Apr 08, 2021| 01:55 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।