काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी अझै सेलाएको छैन। यस्तै महामारीबीच एएफसीको मातहतको त्रिभुवन आर्मी फुटबल क्लबले पाहुना टिम श्रीलंका पुलिस स्पोर्ट्स क्लबविरुद्ध एएफसी कपको प्रिमियमिनरी राउण्डको फुटबल खेलेको छ।

एएफसी लाइसेन्स पाएपछि त्रिभुवन आर्मीले पहिलोपटक आयोजाना गरेको खेलमा कोभिड–१९ को महामारीबाट बच्ने मापदण्डको अधिकतम पालना गरिएको थियो।
खेल समर्थक, अफिसियल, मिडिया प्रतिनिधि सबैलाई मास्क अनिवार्य थियो भने। प्लेयर बक्समा पनि खेलाडी सामाजिक दूरी कायम गरेर बसेका थिए।

साधारण तथा भीआईपीतर्फका दुवै प्यारापिटमा बस्ने र नबस्ने गरी सिट छुट्याइएको थियो।
त्यस्तै, समर्थकलाई भाइरसको प्रभावबाट बच्नका लागि सेनिटाइजर प्रयोग गर्न एएफसीले अनुरोध गरेको थियो।
साथै एएफसीले रंगालामा उपस्थित कसैलाई पनि अरुको सामान प्रयोग नगर्न र आफ्नो सामना अरुलाई प्रयोग गर्न नदिन अनुरोध गरेको थियो।

नेपालमा पनि बढ्दो महामारीको प्रभावका कारण आयोजक आर्मीले रंगशालाको क्षमताको आधा साढे सात हजार भए पनि आठ हजार टिकट बेच्ने र बाँकी सिटले सामाजिक दूरी बनाउन सहयोग गर्नेगरि व्यवस्था गरेको थियो।
सामाजिक दूरी पालना गराउनका लागि आर्मी क्लबले ठूलो संख्यामा स्वयंसेवकको व्यवस्था गरेको थियो।

निकै प्रतिस्पर्धात्मक देखिएको फुटबल खेलको पहिलो हाफमा आर्मीले २–१ गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा टंक बहादुर, सुदिल राई र नवयुगले १–१ गोल थपेसँगै आर्मीले श्रीलंका पुलिसविरुद्ध ५–१ गोलको जित निकाल्यो।
खेलमा अधिक समय बलमा पकड बनाउँदै त्रिभुवन आर्मी क्लबले जित निकालेको थियो। जितसँगै अब आर्मी क्लबले इन्डियाको बैंगलोरमा बैंगलोर फुटबल क्लबसँग अर्को हप्ता खेल्नेछ।

खेलको अघिल्लो दिन गरिएको परिक्षणमा आर्मी क्लबका केही खेलाडी र मेडिकल स्टाफलाई कोभिड पोजेटिभ देखिएको थियो।

आजको खेलमा जितसँगै आर्मी क्लब एएफसी प्रिलिमिनरी राउन्डको दोस्रो चरणमा पुगेको छ। यदि उसले बाँकी दुई खेलमा जित निकाल्न सके समूह चरणको खेलमा सहभागी बन्न पाउनेछ।

खेलअघि सबै खेलाडीको कोभिड–१९ को टेस्ट गरिएको थियो। त्यसमा आर्मीका खेलाडीमा कोभिडको संक्रमण देखिएको हो।
