शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • श्रीलंका पुलिसविरुद्ध सानदार जितसहित आर्मी प्रिलिमिनरी राउन्डको दोस्रो चरणमा

श्रीलंका पुलिसविरुद्ध सानदार जितसहित आर्मी प्रिलिमिनरी राउन्डको दोस्रो चरणमा

श्रीलंका पुलिसले २८ औं मिनेटमै गोल गरेपछि कमजोर देखिएको त्रिभुवन आर्मी फुटबल क्लबले पुनरागमन गर्दै सानदार जित निकालेको छ। 
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- श्रीलंका पुलिसले २८ औं मिनेटमै गोल गरेपछि कमजोर देखिएको त्रिभुवन आर्मी फुटबल क्लबले पुनरागमन गर्दै सानदार जित निकालेको छ। 

National life

एएफसी कपको प्रिलिमिनर राउन्डअन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिसलाई ५–१ गोलले हराएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा अधिक समय बलमा पकड बनाएको आर्मीले पुनरागमन जित निकाल्यो। 

खेलको १२ औं मिनेटमा सोलो गोलको अवसर पाएका फरवार्ड भरत खवासले इम्पोसिबल कोणबाट बल प्रहार गरेपछि आर्मीले अग्रता बनाउनबाट चुकेको थियो। त्यस्तै १४ औं मिनेटमा अर्का फरवार्ड नवयुग श्रेष्ठ अफसाइड भएपछि आर्मीले गोलको अवसर गुमायो। 

१८ औं मिनेटमा श्रीलंकाका इभान्स एसन्टेको प्रहार आर्मीका किपर विश्वास चौधरीले रोकेपछि श्रीलंकन पुलिसले पहिलो अवसर गुमायो तर इभान्सले १८ औं मिनेटमा आइज्याकले दिएको पासलाई भने सदुपयोग गर्दै गोलमा परिणात गरेका थिए। 

यससँगै पाहुना टिमले अग्रता बनाएका थियो। तर खेलको ४२ औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। त्यसको एक मिनेटमै फरवार्ड श्रेष्ठले गोल गरेपछि घरेलु टिमले पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको थियो। 

Laxmi sunrise bank
kumari

खेलको ३९ औं मिनेटमा टंक बहादुर बस्नेतको बललाई खवासले पोस्टअघि हेडमार्फत् प्रहार गरे पनि बलले पोस्टबाहिरको दिशा लिएको थियो। दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो। 

खेलको ५० औं मिनेटमा टंक बहादुर बुढाथोकीले गोल गरेपछि आर्मीले खेलमा सहज महसुस गरेको थियो। दोस्रो हाफमा श्रीलंका पुलिसका इभान्सले दुई प्रहार खेर फालेपछि ६३ औं मिनेटमा बस्नेतलाई विस्थापन गर्दै मैदान छिरेका सुदिल राईले ८३ औं मिनेटमा गोल गर्दै आर्मीलाई ४–१ गेलको अग्रता दिलाएका थिए।

सुदिललाई पास दिएको बललाई सन्तोषले उनलाई नै फर्काएपछि सुदिलले पोस्टमा प्रहार गरेका थिए। त्यो प्रहार श्रीलंका गोलकिपरबाट रिबाउन्ड भएपछि पाहुना टिमका डिफेन्डरले क्लियर गर्न नसक्दा सुदिलले गोल गरेका थिए। 

त्यस्तै खेलको इन्ज्युरी समयमा फरवार्ड श्रेष्ठले गोल गरेपछि आर्मीले ५–१ गोलअन्तरका साथ खेल जितेको थियो। अब आर्मीले अप्रिल १४ मा बैंगलोर क्लबसँग बैंगलोरको मैदानमा एएफसी कपको प्रिलिमिनरी राउन्डको दोस्रो राउन्ड खेल्नेछ। 
सो खेलमा पनि जित निकाल्न सके उसले प्रिलिमिनरी राउन्डकै तेस्रो चरण पुग्नेछ। तीन खेलमा लगातार जित निकालेपछि आर्मीले एएफसी कपको समूह चरण खेल्न पाउने खेल्नेछ।

प्रकाशित: Apr 07, 2021| 13:49 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।