शुक्रबार, असार २६, २०८३

एएफसी छनोट फुटबल : पहिलो हाफमा आर्मीलाई अग्रता 

नवयुग श्रेष्ठले पहिलो मिनेटमै आक्रामक सुरुवात गरे पनि श्रीलंका पुलिसले गोल गरेपछि कमजोर देखिएको त्रिभुवन आर्मी क्लबले पहिलो हाफमै अग्रता बनाएको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- नवयुग श्रेष्ठले पहिलो मिनेटमै आक्रामक सुरुवात गरे पनि श्रीलंका पुलिसले गोल गरेपछि कमजोर देखिएको त्रिभुवन आर्मी क्लबले पहिलो हाफमै अग्रता बनाएको छ।

एएफसी कपको प्रिलिमिनर राउन्डअन्तर्गत आज जारी खेलको पहिलो हाफमा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिसलाई २–१ गोलले पछि परेको हो। 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भइरहेको खेलमा अधिक समय बलमा पकड बनाएको आर्मीले पुनरागमन अग्रता बनाएको हो। 

खेलको १२ औं मिनेटमा सोलो गोलको अवसर पाएका फरवार्ड भरत खवासले इम्पोसिबल कोणबाट बल प्रहार गरेपछि आर्मीले अग्रता बनाउनबाट चुकेको थियो।
 त्यस्तै, १४ औं मिनेटमा अर्का फरवार्ड नवयुग श्रेष्ठ अफसाइड भएपछि आर्मीले गोलको अवसर गुमायो। 

१८ औं मिनेटमा श्रीलंकाका इभान्स एसन्टेको प्रहार आर्मीका किपर विश्वास चौधरीले रोकेपछि श्रीलंकन पुलिसले पहिलो अवसर गुमायो तर इभान्सले १८ औं मिनेटमा आइज्याकले दिएको पासलाई भने सदुपयोग गर्दै गोलमा परिणात गरेका थिए। 
यससँगै पाहुना टिमले अग्रता बनाएका थियो। तर खेलको ४२ औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। 

त्यसको एक मिनेटमै फरवार्ड श्रेष्ठले गोल गरेपछि घरेलु टिमले अग्रता बनाएका् थियो। 
त्यसअघि खेलको ३९ औं मिनेटमा टंक बहादुर बस्नेतको बललाई खवासले पोस्टअघि हेडमार्फत् प्रहार गरे पनि बलले पोस्टबाहिरको दिशा लिएको थियो।

प्रकाशित: Apr 07, 2021| 12:54 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।