शुक्रबार, असार २६, २०८३

गणेशमान सिंह स्मृति किक बक्सिङ भोलिदेखि

वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबार (भोलि) देखि हुने भएको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबार (भोलि) देखि हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ छ।
प्रतियोगितामा झण्डै ३५० खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ।

पुरुषतर्फ ७ र महिलातर्फ ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुने छ। पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने छ।

त्यस्तै, महिलातर्फ ५०, ५५, ६०, ६५ केजी र खुला तौलसमूहमा खेल हुनेछ। पुरुष/महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले जनही ८ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्।
समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख नगदबाट पुरस्कृत गरिने छ। दोस्रोले ५० हजार र तेस्रोले २५ हजार नगद पुरस्कार पाउने छन्।

उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाईलगायतका टोलीको सहभागिता रहने बताइएको छ।

तीनदिने प्रतियोगिताका खेलहरु ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा खेलाइने छ।

प्रकाशित: Apr 07, 2021| 10:23 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।