शुक्रबार, असार २६, २०८३

पाकिस्तान फुटबल फेडेरेसन फिफाद्वारा निलम्बित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल एसोसिएसनलाई निलम्बन गरेको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल एसोसिएसनलाई निलम्बन गरेको छ।

फिफाले आज विज्ञप्ति जारी गर्दै पाकिस्तानसहित चाडको फुटबल संघलाई निलम्बन गरेको बताएको छ।

‘सरकारी हस्तक्षेपका कारण फिफा ब्यूरोले चाडको फुटबल संघ एफटीएफएलाई अहिलेबाट लागू हुने गरी निलम्बन गरिएको छ,’ फिफाले विज्ञप्तिमा भनेको छ, ‘तेस्रो पक्षको हस्तक्षेपका कारण फिफा काउन्सिल ब्यूरोले अहिलेबाटै लागू हुनेगरी पाकिस्तान फुटबल फेडेरेसनलाई पनि निलम्बन गरेको छ।’

फिफाडटकमका अनुसार फिफाले दुवै देशका फुटबल संघले फिफाको नियम उल्लंघन गरेको बताएको छ। चाडको फुटबल संघमा सरकारी हस्तक्षेप समाप्त भएपछि र सरकारले फुटबल संघप्रति गरेका नियमहरु खारेज भएपछि फिफा काउन्सिलले निलम्बन फिर्ता लिने बताएको छ।
 

प्रकाशित: Apr 07, 2021| 09:48 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।