शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला भलिबल लिगको उपाधिको प्रतिस्पर्धामा पुलिस र न्यू-डाइमन्ड

महिला भलिबल लिगको उपाधिको प्रतिस्पर्धामा पुलिस र न्यू-डाइमन्ड

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार सम्पन्न खेलमा ३–१ को सेटमा जित निकाल्दै न्यू डाइमन्ड फाइनल प्रवेश गरेको हो।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- सशस्त्र प्रहरीको विभागीय टिम एपिएफलाई हराउँदै न्यू डाइमन्ड क्लब पाचौँ एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगको फाइनलमा पुगेको छ।

National life

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार सम्पन्न खेलमा ३–१ को सेटमा जित निकाल्दै न्यू डाइमन्ड फाइनल प्रवेश गरेको हो।

लिग चरणको अन्तिम खेलमा समान १० अंक भएका एपिएफ र न्यू डाइमन्डले प्रतिस्पर्धा गरेका थिए।एपिएफ पराजित भएपछि उसको फाइनल यात्रामा विराम लागेको हो।

लिग चरणमा आर्मीसँग मात्र ३–२ सेटमा पराजित न्यु डाइमन्डले पाँच खेलबाट १३ अंक बनाएको छ। न्यू डाइमन्डले एपिएफलाई २५–२१, २६–२४, १४–२५ र २५–२१ को सेटमा हराएको थियो।

त्यस्तै, बुधबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ।

Laxmi sunrise bank
kumari

लिग चरणको अन्तिम खेलमा समान ८–८ अंक भएका आर्मी र पुलिसले खेलेकोमा पुलिसले सोझो सेटमा जित निकाल्दै ३ अंक जोडेर ११ अंक बनाएको हो।

११ अंक बनाएर अंकतालिकाको दोस्रो स्थानमा रहँदै उसले फाइनलमा स्थान बनाएको हो। लिग चरणको अन्तिम खेलमा पुलिसले २६–२४, २५–१७ र २८–२६ को संघर्षपूर्ण जित निकालेको थियो। महिलातर्फको फाइनल खेल बिहीबार हुनेछ।

पुरुषतर्फ हेल्प नेपाल समूह फाइनल प्रवेश गरिसकेको छ। त्यस्तै फाइनल पुग्ने दोस्रो टिमको टुंगो बुधबार हुने खेलबाट टुंगो लाग्नेछ। पुरुषतर्फ बुधबार तीन खेल हुँदैछन्।

प्रकाशित: Apr 07, 2021| 09:32 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।