शुक्रबार, असार २६, २०८३

ललितपुर मेयर कपको फाइनलमा एपीएफसँग सुदूरपश्चिम भिड्ने

जारी ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा तेस्रो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा विभागीय टिम एपीएफसँग भेट पक्का गरेको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– जारी ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा तेस्रो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा विभागीय टिम एपीएफसँग भेट पक्का गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार दिउँसो सम्पन्न खेलमा लुम्बिनी प्रदेशलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम फाइनल प्रवेश गरेको हो।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ७१ रन जोडेको थियो। ७२ रनको लक्ष्यका साथ मैदान उत्रिएको सुदूरपश्चिमले ४५ बल बाँकी रहँदै दुई विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

सुदूरपश्चिमका लागि मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन् भने रेवती धामी र विन्दु रावलले समान १७–१७ रनको योगदान दिए। लुम्बीनी प्रदेशकी कृतिका मरासिनीले दुई विकेट लिइन्।

त्यसअघि ब्याटिङमा आएको लुम्बनीकी लक्ष्मी चौधरीले २६ रन बनाइन्। कप्तान नेरी थापाले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता सुदूरपश्चिमकी लक्ष्मी साउदले चार विकेट गिराइन् भने रितु कनौजियाले तीन विकेट लिइन्। एक विकेट लिनेमा सुनिता लोहार र कविता जोशी रहे।

प्रतियोगितामा एपीएपले लगातार तीन जित निकाल्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ।
फाइनल खेल आगामी चैत २८ गते शनिबार त्रिवि मैदानमा हुनेछ। प्रतियोगितामा भोलि (बिहीबार) दुई खेल हुनेछ भने शुक्रबार रेस्ट डे छ।

प्रकाशित: Apr 07, 2021| 09:17 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।