शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्लोप भन्छन्– लिभरपुलले रियललाई क्वार्टरफाइनल जित्न सजिलो बनाइदियो

क्लोप भन्छन्– लिभरपुलले रियललाई क्वार्टरफाइनल जित्न सजिलो बनाइदियो

इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलको मंगलबार रातिको प्रदर्शनका कारण रियललाई खेल जित्न सहज भएको बताएका छन्।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिभरपुलको मंगलबार रातिको प्रदर्शनका कारण रियललाई खेल जित्न सहज भएको बताएका छन्।

National life

‘यदि तपाईं सेमिफाइनलमा पुग्न चाहनुहुन्छ भने तपाईंले त्यस्तै एट्याकिङ खेल्नुपर्ने हुन्छ,’ उनले पहिलो हाफमा रियलले गरेको प्रदर्शनबारे भने, ‘हामीले गएरातिको खेलमा त्यो काम गर्न सकेनौ। विषेशगरी पहिलो हाफमा।’

उनले थपे, ‘हामीले राम्रो खेल्न सकेनौँ। हामीले त्यस्तो खेल्न सकेनौँ जसले रियल मड्रिडमाथि दबाब बनाउन सकोस्। हामीले उनीहरुलाई पहिलो लेग जित्न सहज बनाइदियौँ।’

क्लोपको टिमले रियलमाथि एक मात्र गोल स्कोर गर्न सफल भएको थियो। त्यही गोललाई इंगित गर्दै क्लोपले भने, ‘हामीले खेलमा एकमात्र राम्रो कुरा गर्न सक्यौँ– त्यो हो सलाहको गोल। दोस्रो हाफको प्रदर्शन र गोल हाम्रा टिमको लाइफलाइन हो।’

प्रकाशित: Apr 07, 2021| 08:20 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।