शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • श्रीलंकासँग खेल्न लागेको आर्मी क्लबका दुई खेलाडी कोरोना संक्रमित

श्रीलंकासँग खेल्न लागेको आर्मी क्लबका दुई खेलाडी कोरोना संक्रमित

एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी कपको समूह चरणमा पुग्नका लागि श्रीलंकन पुलिस स्पोर्टस् क्लबसँग खेल्न लागेको त्रिभुवन आर्मी क्लबका दुईजना खेलाडीमा कोरोना भाइरस संक्रमण भएको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी कपको समूह चरणमा पुग्नका लागि श्रीलंकन पुलिस स्पोर्टस् क्लबसँग खेल्न लागेको त्रिभुवन आर्मी क्लबका दुईजना खेलाडीमा कोरोना भाइरस संक्रमण भएको छ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार दुई खेलाडीसँगै एक जना मेडिकल स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ। 

कोरोना संक्रमित खेलाडी र कर्मचारीको नाम भने सेनाले खुलाएको छैन।

आजको खेलमा जित निकालेको खण्डमा उसले अर्को चरणको खेलका लागि इन्डियाको बैंगलोरमा खेल्नेछ। प्रिलिमिनरी राउन्डका तीन खेलमा जित निकाल्न सके नेपाली क्लब एएफसी कप अन्तर्गत समूह चरणको खेलमा स्थान बनाउन सक्नेछ।

यसकारण आर्मीका प्रशिक्षक नविन न्यौपानेले यो खेल एएफसी कपको समूह चरणमा पुग्ने भर्याङको रुपमा रहेको बताएका छन्।

प्रकाशित: Apr 07, 2021| 03:31 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।