शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एएफसी कपको प्रिलिमिनरी राउन्डमा आज आर्मी र श्रीलंकन पुलिस भिड्दै

एएफसी कपको प्रिलिमिनरी राउन्डमा आज आर्मी र श्रीलंकन पुलिस भिड्दै

एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुने एएफसी कपको समूह चरणमा पुग्नका लागि आज बुधबार नेपालको त्रिभुवन आर्मी क्लबले पाहुना टिम श्रींलका पुलिस स्पोर्टस् क्लबको सामना गर्दै छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुने एएफसी कपको समूह चरणमा पुग्नका लागि आज बुधबार नेपालको त्रिभुवन आर्मी क्लबले पाहुना टिम श्रींलका पुलिस स्पोर्टस् क्लबको सामना गर्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे पाँच बजेबाट सुरु हुने खेलमा आर्मीले श्रीलंकन पुलिससँग जित निकालेको खण्डमा उसले अर्को चरणको खेलका लागि इन्डियाको बैंगलोरमा खेल्नेछ।

प्रिलिमिनरी राउन्डका तीन खेलमा जित निकाल्न सके नेपाली क्लब एएफसी कप अन्तर्गत समूह चरणको खेलमा स्थान बनाउन सक्नेछ। यसकारण आर्मीका प्रशिक्षक नविन न्यौपानेले यो खेल एएफसी कपको समूह चरणमा पुग्ने भर्याङको रुपमा रहेको बताएका छन्।

त्यस्तै आर्मीका लागि यो अन्तराष्ट्रिय स्तरमा स्थापित हुने अवसर पनि हो। किनभने उसले पहिलो पटक अन्तराष्ट्रिय खेल्दैछ। यदि यो खेलमा जित निकाल्न सके उसले थप अवसर पाउने पक्का छ।

यो कुरा मनन् गरेका आर्मीका कप्तान भरत खवास भन्छन्, ‘हामीले यसलाई चुनौतिपूर्ण अवसरको रुपमा लिएका छौं। आर्मीको पहिलो अन्तराष्ट्रिय फुटबल गेम हो। हामी सुपरएक्साइटेड छौं। हामी शारीरिक र मानसिक रुपमा तयार भएका छौं। स्वस्थ्य स्फुर्त छौं। यो नै हाम्रो मुख्य फाइदा हो जस्तो लागेको छ।’
 

प्रकाशित: Apr 07, 2021| 02:17 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।