शुक्रबार, असार २६, २०८३

भलिबल लिगमा आज निर्णायक खेल हुँदै

पाँचौ संस्करणको एनभीए पुरुष महिला क्लब भलिबल लिग अन्तर्गत आज निर्णायक खेल हुँदैछन्।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– पाँचौ संस्करणको एनभीए पुरुष महिला क्लब भलिबल लिग अन्तर्गत आज निर्णायक खेल हुँदैछन्।

महिलातर्फ आज दुई खेल हुँदैछन्। आजका खेलमा समान ८–८ अंक भएका नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

महिलातर्फ त्यसअघि हुने खेलमा समान १०–१० अंक भएका न्यु डायमण्ड क्लबले विभागीय क्लब एपीएफको सामना गर्नेछ। यी दुई क्लबमध्ये जित निकाल्ने टिम फाइनल पुग्नेछ।

तर फाइनल पुग्ने अर्को टिमको टुंगो पुलिस र आर्मीबीचको खेलले लाग्नेछ। यो खेलमा कुनै टिमले तीन अंक प्राप्त गर्न सकेमा ऊ फाइनलमा प्रवेश गर्नेछ। यदि जित्ने टिमले दुई अंक मात्र बनाउन सके फाइनल पुग्ने टिमको टुंगो खेलको स्कोरबाट लाग्नेछ।

यता पुरुषतर्फ लगातार पाँच जित निकालेको हेल्प नेपाल स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ। तर फाइनल पुग्ने अर्को टिमको भने टुंगो लागेको छैन।

आज लिग चरणको अन्तिम दिन पुरुषतर्फका तीन खेल हुँदैछन्। ती खेलबाट फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।

लिग चरणको अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टिमले फाइनल खेल्न पाउनेछन्। महिला र पुरुष दुवैतर्फको फाइनल खेल भोलि(बिहीबार) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा हुनेछ।
 

प्रकाशित: Apr 07, 2021| 01:35 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।