शुक्रबार, असार २६, २०८३

डर्टमन्डविरुद्ध सिटीको जित

जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराउँदै म्यानचेस्टर सिटीले पहिलो लेगको खेलमा २–१ गोलको जित निकालेको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराउँदै म्यानचेस्टर सिटीले पहिलो लेगको खेलमा २–१ गोलको जित निकालेको छ। सिटीको इमिरेट्स मैदानमा भएको खेलमा जित निकाल्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफलाइनल नजिक पुगेको छ।

सिटीको संघर्षपूर्ण जितका लागि फिल फोडेनले अन्तिम मिनेटमा गोल गरेका थिए। १–१ गोलको बराबरीको अवस्थामा रहेको समयमा इल्के गुन्डोगनल दिएको पासको सदुपयोग गर्दै फोडेनले सिटीलाई जित दिलाएका थिए।

त्यसअघि खेलको १९ औं मिनेटमा रियाद महरेजले दिएको पासलाई सदुपयोग गर्दै केभिन डिब्रुनले गोल गरेका थिए। यससँगै सिटीले पहिलो हाफमा अग्रता बनाएको थियो। तर ८४ औं मिनेटमा इर्लिङ ब्रुट हाल्यान्डको पासमा मार्को रिउसले गोल गरेपछि खेल बराबरीमा आएको थियो।

तर सिटीले एक गोलको मात्र अग्रताका साथ जित नकालेका कारण डर्टमन्डको सेमिफाइनल पुग्ने आशा अझै बाँकी छ। उसले घरेलु मैदानमा हुने अर्को खेलमा जित निकाल्न सके सेमिफाइनलको यात्रा गर्नेछन्।
 

प्रकाशित: Apr 07, 2021| 01:06 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।