शुक्रबार, असार २६, २०८३

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल नजिक

युईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोलले हराएको छ।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

काठमाडौं– युईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोलले हराएको छ।

रियलको अल्फ्रेदो स्टेफानो रंगशालामा भएको पहिलो लेगको खेलमा जित निकाल्दै घरेलु टिम सेमिफाइनल नजिक पुगेको हो।

गएराति रियलको जितका लागि भिनियसियस जुनियरले दोहोरो गोल गरे भने एसेन्सियोले एक गोल थपे। त्यसबीच लिभरपुलका मोहम्मद सलाहले पनि एक गोल गरे।

खेलको २७ औं मिनेटमा टोनी क्रुसले दिएको पासलाई उपयोग गर्दै भिनिसियसले अग्रता बनाएका थिए। पहिलो हाफकै ३६ मिनेटमा एसेन्सियोले गोल गरेपछि रियलले दुई गोलको अग्रता बनायो।

दोस्रो हाफको ५१ औं मिनेटमा लिभरपुलका सलाहले गोल गरे पनि  खेलमा पुनरागमन गर्न सकेन। बरु रियलकै भिनिसियस जुनियरले लुका मोड्रिचको पासमा अर्को गोल थप्दै नतिजालाई ३–१ गोलअन्तरमा पुर्याएका थिए।

घरेलु मैदानमा पहिलो लेगको जितसँगै रियल सेमिफाइनल नजिक छ। अब दोस्रो लेगको खेल अप्रिल १५ मा एनफिल्डमा हुँदैछ।
 

प्रकाशित: Apr 07, 2021| 00:58 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।