शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानमारमा सैन्य बर्बरता : पोग्बा बन्ने युवकको सपनामा पूर्णविराम

म्यानमारमा सैन्य बर्बरता : पोग्बा बन्ने युवकको सपनामा पूर्णविराम

'ऊ पोग्बाजस्तै खेल्न मन पराउँथ्यो। पोग्बाका सबै स्टाइल उसलाई मन पर्थ्यो। यतिसम्म कि उसलाई पोग्बाको कपालको स्टाइल पनि मन पर्दथ्यो।'
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

मार्च २७ मा म्यानमारी सेनाले सैनिक दिवस मनाउँछ। यस वर्ष सेनाले सैनिक दिवस मनाइरहँदा पूरै देश भने फासीवादी म्यानमारी सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेको थियो। नागरिक सैनिक शासनको प्रतिरोधमा थिए।

National life

२१ वर्षीय चित बोबो न्येइनको भोकतिर्खा फुटबलमा मात्र थियो। तर सन् २०२१ को फेब्रुअरी १ यता उनलाई फुटबलको भोक मरिसकेको थियो। उनलाई म्यानमारको तानाशाही सैनिक शासन हटाउने भोक जागेको थियो। सैनिक शासनले न्येइनको पुस्ताका आशामाथि कुठाराघात गरेको थियो।

सैनिक शासन हटाएर प्रजातान्त्रिक शासन प्रणाली पुन: स्थापना गर्ने भोक थियो उनमा। त्यही अभियानमा लाग्दालाग्दै उनले ज्यान गुमाए। फुटबलमा प्रसिद्धि कमाउने सपना देखेका न्येइनको सास र शरीरको सम्बन्ध सेनाको गोलीसँगै छिन्निभिन्न भयो।

मृत्युको केही दिनपहिले न्येइन सैन्य कुविरुद्ध प्रदर्शन गर्ने वार्मालालका युवाको ठूलो समूहमा आबद्ध भए। उनीहरूले यांगुनको एउटा वडामा पर्ने वार्मालालमा सैनिक शासनविरुद्ध प्रदर्शन गरे।

न्येइनलगायतका आन्दोलनकारीले निषेधित क्षेत्र पार गरे। सैन्य टोली पनि कति बेला प्रदर्शनकारी आउलान् भनेर कुरेरै बसेको रहेछ। निषेधित क्षेत्रमा पुग्नेबित्तिकै सेनाले फायर खोल्यो। यसपछि आन्दोलनकारीको भीड तितरबितर बन्न पुग्यो।

Laxmi sunrise bank
kumari

दुई जनालाई गोली लाग्यो। यीमध्ये एक १४ वर्षीय किशोर थिए। उनको तत्कालै पेटको शल्यक्रिया गर्नुपर्ने भयो। न्येइनको भने शरीरको दायाँ भागमा गोली लागेर करङबाट निस्कियो। उनले घटनास्थलमा नै अन्तिम सास फेरे।

'अर यारयारका नामबाट पनि चिनिने भाइ न्येइनको गत शनिबार बिहान साढे ८ बजे मृत्यु भयो,' दाजु आङ कोको जले म्यानमार टाइम्ससँग भनेका छन्, 'क्रूर सैनिक शासकले भाइको ज्यान लियो।'

भाइको मृत्यु भएकोमा उनी धेरै दु:खी छन्। उनी भन्छन्, 'तर उसले देशका लागि ज्यान दियो। त्यसैले मलाई गौरव पनि लागेको छ।'

न्येइनका पाँच दाजुभाइ-दिदीबहिनीमध्ये बाबुआमाका चौथा सन्तान हुन्। पाँच वर्षपहिले न्येइनले जीवनको लक्ष्य तय गरिसकेका थिए। उनको सपना चर्चित फुटबलर बन्ने थियो। विश्वचर्चित फुटबलर म्यान्चेस्टर युनाइटेड क्लबका पाउल पोग्बाजस्तै।

'ऊ पोग्बाजस्तै खेल्न मन पराउँथ्यो। पोग्बाका सबै स्टाइल उसलाई मन पर्थ्यो। यतिसम्म कि उसलाई पोग्बाको कपालको स्टाइल पनि मन पर्दथ्यो,' दाजु कोको जले भने।

धेरै विधामा रुचि भए पनि खेलकुदमा उनले सफलता पाएका थिए। न्येइन २१ वर्षमुनिको हान्थारवाडी युनाइटेड टिमका मिडफिल्डर थिए। आफ्ना 'आइडल' पोग्बाजस्तै उनी पनि टिमका क्याप्टेन थिए।

'न्येइनको मृत्यु टिमका लागि मात्र होइन, भविष्यको म्यानमारी टिमका लागि पनि ठूलो क्षति हो,' हान्थारवाडी युनाइटेड टिमका प्रशिक्षक चित कोकोले भने।

अपूरणीय क्षति

म्यानमारको राष्ट्रिय फुटबल टिम कुनै बेला एसियाकै बलिया टिममध्येमा पर्दथ्यो। आधा शताब्दीसम्मको सैनिक शासनले विगतको प्रतिष्ठामा ठूलो क्षति पुग्यो। साख गुम्यो। फुटबलमा मात्र होइन, सैनिक शासनले म्यानमारी जीवनशैलीका हरेक पक्ष प्रभावित भए।

म्यानमारी जनतामाथि जुन्ता सरकारका बर्बरतापूर्ण गतिविधिविरुद्ध मुठ्ठीभरका देशले पनि आवाज उठाएका छैनन्। सेनाले मार्च २७ मा नागरिकमाथि गोली चलाएर सैनिक दिवस मनाएको छ। सेनाले आफ्नो छविलाई फेरि एकपटक बदनाम बनाएको छ।

न्येइनलाई गोली लाग्नुभन्दा एक दिन मात्र पहिले सैनिक सरकारले टाउकोमा गोली हान्न सकिने भन्दै चेतावनी दिएको थियो। तर पनि जुन्ता सरकाविरुद्ध प्रदर्शन रोकिएन। यसपछि सैनिक सरकारले नागरिकमाथि गोली वर्षाइरह्यो।

सैनिक सरकारले शासनसत्ता हातमा लिएको दुई महिना बित्दा पाँच सयभन्दा बढी नागरिक मारिएका छन्। तीमध्ये केही बालबालिका पनि छन्। 

सेनाले घरघरमै गएर गोली हानेको छ। आफूहरूविरुद्धको प्रदर्शन दबाउन सैनिकले यस्ता गतिविधि जारी राखेका हुन्। 

आङ कोको जलाई आफ्ना भाइले स्वेच्छाले नै जीवन उत्सर्ग गरेजस्तो पनि लाग्छ। देशको सार्वभौमसत्ता म्यानमारी जनतामा नै फर्काउन न्येइनले जीवनदान गरेका हुन्। तैपनि भाइको मृत्युको पीडा असह्य छ। 

'उनीहरू (सेना) लाई देख्नेबित्तिकै मलाई रिस उठेर काँप छुट्छ,' निर्दोष नागरिकको  जीवन लिने सेनाप्रति उनले आक्रोश पोखे। 

'हामी प्रतिकार गर्ने अवस्थामा छैनौँ। यो नै समस्याको विषय हो। उनीहरू (सैनिक शासन) को पतन जतिसक्दो छिटो होस्। यो मेरो भाइको जीवन गुमेको मात्र विषय होइन। कुनै पनि मानिसको मरण मेरो भाइको जसरी नहोस्। यस्ता दृश्यप्रति मलाई घृणा लाग्छ।'

म्यानमार नाउबाट

प्रकाशित: Apr 05, 2021| 10:22 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।