शनिबार, फागुन ३०, २०८२

यस्तो छ आईपीएल ह्याट्रिकका लागि मुम्बईको तयारी

अबको आईपीएल उपाधि जितेमा मुम्बई आईपीएलमा ह्याट्रिक गर्ने पहिलो टिम बन्नेछ। त्यसैले टिम मुम्बई इन्डियन्स आउँदो सिजनको आईपीएलमा ह्याट्रिक गर्ने तयारीमा छ। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं – आईपीएलको १३ औं संस्करणसम्म कुनै टिमले लगातार तीन पटकसम्म उपाधि जित्न सकेको छैन। 

National life

चेन्नईले २०१० र २०११ मा लगातार दुईपटक आईपीएल उपाधि जितेको थियो। त्यसपछि मुम्बई २०१९ र २०२० मा लगातार उपाधि जित्न सफल भयो। 

अबको आईपीएल उपाधि जितेमा मुम्बई आईपीएलमा ह्याट्रिक गर्ने पहिलो टिम बन्नेछ। त्यसैले टिम मुम्बई इन्डियन्स आउँदो सिजनको आईपीएलमा ह्याट्रिक गर्ने तयारीमा छ। 

अप्रिल ९ मा सुरु हुने आईपीएल उपाधिका लागि मुम्बई योग्य छ त? त्यसको उत्तर पाउन मुम्बईको सबैभन्दा बलियो टिम हुनैपर्छ। टिममा यी खेलाडी रहने निश्चितजस्तै छ– 

कप्तान राहित शर्मा, क्विन्टन डिकक, ईशान किसन, सूर्यकुमार यादव, किइरोन पोलार्ड, हार्दिक पाण्ड्या, क्रुणल पाण्ड्या, नाथन कोउल्टन नाइल/एडम मिल्न, राहुल चहर/पियुस चावला, ट्रेन्ट बोल्ट  र जसप्रित बुमराह

Laxmi sunrise bank
kumari

ब्याटिङ

आईपीएलको सबैभन्दा उत्कृष्ट ब्याटिङ लाइन अप भएको टिममा पर्छ मुम्बई। उत्कृष्ट सातमध्ये पाँचजना अनुभवी खेलाडी भारतीय राष्ट्रिय टिममा समेत अटाउँछन्। तिनै खेलाडीले इंग्ल्यान्डविरुद्धको सिरिज खेलेका थिए।

टिमका दुई विदेशी खेलाडी क्विन्टन डिकक र किइरोन पोलार्ड पनि भयरहित खेलाडीका रूपमा चर्चित छन्। 

पछिल्लो वर्ष उपाधि जित्दा पनि मुम्बईको सबैभन्दा बलियो पाटो ब्याटिङ देखिएको थियो। ईशान किसनले ३० छक्का र ३६ चौका प्रहार गरेका थिए। उनीसहित सूर्यकुमार र डिककले चार अर्धशतक बनाएका थिए। दुई ब्याट्स्मेनले मात्र १४० भन्दा कम रन बनाए।

मुम्बईले सधैंजसो एकै ब्याटिङ लाइन अप खेलाउने गरेको छ। त्यसैले उसको बेन्चमा रहेका खेलाडीले मौका नै पाउँदैनन्। खेलाडी चोटग्रस्त भएको अवस्थामा मात्र उनीहरुले अवसर पाउँदै आएका छन्।

यस वर्ष उनीहरूले प्रतिस्पर्धीविरुद्ध उत्रन टिममा जेम्स निसामलाई पनि लिएका छन्। यसले उनीहरूलाई थप बलियो बनाएको छ।

बलिङ

बलियो बलिङ क्षेत्रका साथ मुम्बई आईपीएलमा जम्दै छ। स्क्वाडमा स्पिडस्टार एडम मिल्न र अनुभवी लेगस्पिनर पिउस चावलाका साथ २० वर्षीय दक्षिण अफ्रिकी मार्को जन्सेनसमेत छन्।

मुम्बई पावर प्लेमा काउल्टर नाइल र मिल्नलाई ट्रेन्ट बोल्टका साथ मैदानमा उत्रने बलियो सम्भावना छ। उनीहरूलाई डेथ ओभरमा बुमराहले साथ दिनेछन्।

यसअघि मुम्बईमा स्पिनर्सको अभाव भएको गुनासो थियो। त्यसैले यो सिजनमा टिमले यसमा सुधार गरेको छ। अब चन्नईमा मुम्बईको बलिङको नयाँ धमाका देख्न पाइनेछ। चोटग्रस्त अवस्थामा पनि मुम्बईले ‘ब्याकअप’ राम्रो राखेको छ। जहाँ धवल कुलकर्णी, अनुकूल रोयलगायत खेलाडी छन्। बैंगलोर र कोलकत्ता जानुअघि नै मुम्बईले उपाधि यात्राका लागि दाबेदारी प्रस्तुत गर्न सक्नेछ।

प्रकाशित: Apr 05, 2021| 07:47 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।