शुक्रबार, असार २६, २०८३

सोसिडाडले ३४ वर्षपछि जित्यो कोपा डेल रेको उपाधि

मिकेल ओयरसबलले निर्णायक गोल गरेपछि रियल सोसिडाडले २०१९–२० को कोपा डेल रेको उपाधि जितेको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं – मिकेल ओयरसबलले निर्णायक गोल गरेपछि रियल सोसिडाडले २०१९–२० को कोपा डेल रेको उपाधि जितेको छ।

सेभियाको मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा सोसिडाडले साढे तीन दशकपछि उपाधि जित्दा एथ्लेटिको बाल्बियोलाई १–० गोलले पछि पार्‍यो।

कोरोना महामारीका कारण रोकिएको गत वर्षको फाइनल खेल एक वर्षपछि सम्भव भएको हो। यो सिजनको कोपा डेल रेको पनि सेमिफाइनल खेल सकिएका छन्।

अब अप्रिल १७ मा हुने फाइनल खेलमा एथ्लेटिको बाल्बियोले क्याटलान क्लब बार्सिलोनाको सामना गर्नेछ।

शनिबार राति भएको फाइनल खेलमा रेफ्रीले पाँच मिनेटसम्म भीएआर जाँच गरेपछि सोडिडालाई पेनाल्टी प्रदान गरेका थिए। 

पेनाल्टीमा पाएको अवसरमा ओयरसबलले एथ्लेटिकोका किपरलाई गलत दिशामा पठाउँदै बललाई नेट चुमाएका थिए।

यो गोलबाटै सोसिडाडले उपाधि जितेको हो।

प्रकाशित: Apr 04, 2021| 02:08 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।