शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मुख्य प्रशिक्षकबाट बालगोपालको बिदाइ, एन्फाले नयाँ प्रशिक्षक ल्याउने

मुख्य प्रशिक्षकबाट बालगोपालको बिदाइ, एन्फाले नयाँ प्रशिक्षक ल्याउने

अखिल नेपाल फुटबल संघ(एन्फा)ले नयाँ प्रशिक्षक अनुबन्ध गर्ने भएको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रशिक्षक अनुबन्ध गर्ने भएको छ।

पहिलेका प्रशिक्षक योहान कालिनले कोरोनाको माहामारीका कारण नेपाल आउन नसकेपछि राजीनामा दिएका थिए।

महामारीमा एन्फाले तत्कालै नयाँ प्रशिक्षक अनुबन्धको प्रकृया थाले पनि बालगोपाल महर्जनलाई कार्यकारी प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

तर उनीसँग राष्ट्रिय टिमको हेड कोच हुनका लागि आवश्यक फिफा प्रो लाइसेन्स नभएकाले नयाँ प्रशिक्षक आउन लाग्ने समयसम्मका लागि राष्ट्रिय टोली सम्हालिरहेका थिए।

उनको पछिल्लो कार्यकालमा नेपालले थ्री नेसन्स कप जितेकोे थियो भने बंगलादेशमा सम्पन्न दुई देशीय मैत्रीपूर्ण खेलमा हार बेहोरेको थियो।
यसअघि पनि प्रशिक्षक भएका बालगोपालले नेपालले बंगबन्धु कपमा नेपाललाई स्वर्ण जिताएका थिए।

एन्फाले उनलाई घरेलु मैदानमा हुने फिफा विश्वकप छनोटको खेलसम्मका लागि नियुक्त गरेको भए पनि विश्वकप छनोट खेलको ठाउँ र मिति परिवर्तन भएपछि एन्फाले छनोटअघि नै नयाँ प्रशिक्षक नियुक्त गर्न लागेको हो।

प्रकाशित: Apr 03, 2021| 13:45 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।