शुक्रबार, असार २६, २०८३

भलिबल लिगमा एपीएफविरुद्ध पुलिसको संघर्षपूर्ण जित

विभागीय टिम नेपाल प्रहरीले पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- विभागीय टिम नेपाल प्रहरीले पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा महिलातर्फ शनिबार सम्पन्न खेलमा उसले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो।

खेलमा प्रहरीले एपीएफलाई २०–२५, २८–३०, २५–२३, २५–१९ र १५–११ को सेटमा पराजित गर्‍यो।

महिलातर्फकै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ढोरपाटन भलिबल क्लबललाई २५–१२, २५–० र २५–५ को सेटमा हरायो।

महिलातर्फ आजको अन्तिम खेलमा न्यु डायमन्डले भरतपुर मेट्रोलाई २५–१२, २५–७ र २५–१७ को सोझो सेटमा हरायो।

यससँगै आजको खेलबाट न्यु डायमन्ड र आर्मीले समान ३–३ अंक थप गरेका छन्। त्यस्तै पुलिसले २ अंक जोडेको छ भने एपीएफले एक अंक पाएको छ।

प्रकाशित: Apr 03, 2021| 13:20 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।