शुक्रबार, असार २६, २०८३

खुला टेनिस प्रतियोगिताको यू-१४ मा प्रनभ र सुनिरा च्याम्पियन

प्रनभ मानन्धर र सुनिरा थापा तेस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगितामा यु–१४ तर्फको विधामा पहिलो भएका छन्। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- प्रनभ मानन्धर र सुनिरा थापा तेस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगितामा यु–१४ तर्फको विधामा पहिलो भएका छन्। 

मन्डिखाटारस्थित टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा प्रनभ मानन्धरले राजवीर मानन्धरलाई ६–१ र ६–२ को सेटमा पराजित गर्दा गर्ल्सतर्फ सुनिराले प्रशंसा मोत्तानलाई ६–२ र ६–० को सेटमा पराजित गरेर पहिलो भइन्।

शनिबारकै यु–१२ तर्फको फाइनल खेलमा भने दर्शिल श्रेष्ठले बाजी मारे। दर्शिलले बोरिस अधिकारीलाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै च्याम्पियन भएका हुन्। 

यस्तै गर्ल्स डबलतर्फ इशाश्री शाह र सर्भानी श्रेष्ठ तथा ब्वाइज डबल्समा आरभ सम्राट हाडा र अकी जुबिन रावतले उपाधि जितेका छन्।

इशाश्री र सर्भानीले निमिशा ढकाल र आइसा डी गुरुङमाथि ७–६ र ६–२ जित निकाल्दा आरभ र अकिले प्रनभ मानन्धर र रजवीर प्रधानलाई ६–४ र ६–२ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। 

प्रतियोगितामा आइतबार यु–१६ ब्वाइज र गर्ल्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। यु–१६ ब्वाइजमा आरभ सम्राट हाडा र अकी जुविन रावत तथा यु–१६ गल्र्समा सर्भानी श्रेष्ठ र रैना शाहबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Apr 03, 2021| 12:48 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।