शुक्रबार, असार २६, २०८३

आरसिटी क्लब अध्यक्षमा पुनः शाक्य

अन्नपूर्ण आरसीटी क्लबको अध्यक्षमा सुरेशकाजी शाक्य विजयी भएका छन्। काठमाडौंमा सम्पन्न क्लबको साधारणसभाले शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- अन्नपूर्ण क्लब (आरसिटी)को अध्यक्षमा सुरेशकाजी शाक्य चयन भएका छन्। काठमाडौंमा सम्पन्न क्लबको साधारणसभाले शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 

यसअघि दुई पटक अध्यक्ष बनिसकेका शाक्य नेतृत्वको कार्यसमिति उपाध्यक्षमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी छन्। यस्तै सचिवमा राजु शाही, सहसचिवमा रविन महर्जन र कोषाध्यक्षमा संजीव तुलाधर छन्।

कार्यसमिति सदस्यहरूमा यज्ञरत्न तुलाधर, नरेश वैद्य, अमूल्य मानन्धर, चंगेजलाल श्रेष्ठ, रघुवरमानसिंह प्रधान र नरेन्द्र श्रेष्ठ रहेका छन्। कार्यसमितिको पहिलो बैठकले अशोक मानन्धर र नरेन्द्रबहादुर श्रेष्ठलाइ मनाेनयन समेत गरेकाे छ। 

‘पहिले क्लबमा केही विवाद थिए। म आएपछि ती विवाद समाधान भए। त्यसैले होला, मैले निरन्तरता पाएँ,’ पुनः अध्यक्ष भएपछि अध्यक्ष शाक्यले भने। 

कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ। क्लबले होस्टलसहितको एकेडेमी बनाउने योजना रहेको बताएको छ। ६ पटकको ए डिभिजन लिग विजेता आरसिटी अहिले बी डिभिजनमा छ। 

प्रकाशित: Apr 03, 2021| 12:42 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।