शुक्रबार, असार २६, २०८३

राष्ट्रिय रिङ रेस्लिङ उपाधिका लागि टाइगर र डेविड भिड्ने

नुवाकोटे टाइगर र डेविडबीच दोस्राे राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं - नुवाकोटे टाइगर र डेविडबीच दोस्राे राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ।

शुक्रबार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको हेभी वेटको प्रतिस्पर्धामा टाइगरले चट्टानलाई पराजित गरेका थिए।

डेविडले आफ्ना प्रतिद्वन्द्वी साइनलाई पराजित गर्न निकै पसिना बगाउनु परेको थियो।

साइनले डेविडलाई लगभग पराजित गरिसकेका अवस्थामा रेफ्रीको तीन काउन्टलाई प्रतिकार गर्दै खेलमा फर्किए थिए।

अन्तिम समयमा डेविडले साइनमाथि सिल्जर टेक्निकको प्रयोग गर्दै जित निकालेका थिए।

 लाइट वेटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित गरे।

प्रकाशित: Apr 03, 2021| 02:36 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।