शनिबार, फागुन ३०, २०८२

मैदानबाहिर रियल र बार्सिलोनाको प्रतिस्पर्धा

अहिले स्पेनिस क्बल रियल मड्रिड र बार्सिलोनाले मैदानमा आशातित् प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यसैले यी टोली लामो समययता लिग तालिकाका शीर्षस्थानमा पुग्न सकेका छैनन्।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- अहिले स्पेनिस क्बल रियल मड्रिड र बार्सिलोनाले मैदानमा आशातित् प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यसैले यी टोली लामो समययता लिग तालिकाका शीर्षस्थानमा पुग्न सकेका छैनन्।

National life

मैदानमा उपस्थिति कमाजोर देखिएसँगै उनीहरुको प्रतिस्पर्धा अर्कैतर्फ अघि बढिसकेको छ। अर्थात् टिम बिल्डिङमा।
अहिलेको जस्तो तीव्र, फोर्सफूल र प्राविधिक फुटबलमा लगातार सानदार प्रदर्शन गर्नसक्ने खेलाडी औंलामा गन्न सकिने छन्। 

टिममा सुहाउँदो, जितको भोक भएको, प्रतिस्पर्धी भावनाले सजिएको खेलाडी खोज्न पछिल्लो १० वर्षमा दबदबा बनाएका क्लब रियल र बार्सिलोना जोडतोडका साथ लागिपरेका छन्। त्यसैले अहिले फुटबल वृत्तको केन्द्रमा छन् केलियन एम्बाप्पे र इर्लिङ ब्रुट हाल्यान्ड।

रियलले क्रिस्टियानो रोनाल्डो गुमाएपछि र बार्सिलोनाले नेयमार र लुइस सुआरेज गुमाएपछि दुवै टिमका लागि गोलमेसिन चाहिएको छ। यही सेरोफेरोमा गत बिहीबार बिहान हाल्यान्ड पिता अल्फ इंग हाल्यान्ड र उनका एजेन्ट मिनो रायोला बार्सिलोना पुगेका थिए।

बार्सिलोनामा क्लबका अध्यक्ष जोआन लापोर्ताले उनीहरुलाई हाल्यान्डका लागि जति पनि खर्च गर्नसक्ने आश्वासन दिएका छन्। उनको आश्वासनलाई आधार मान्ने हो भने नर्वेजियन खेलाडी अहिले क्यटलान क्लबको प्रमुख लक्ष्य हुन्।

Laxmi sunrise bank
kumari

लापोर्ताले आफ्नो स्पष्ट धारण हाल्यान्डलाई साइन गर्ने रहेको बताए पनि उनलाई धेरै क्लबले भित्र्याउन चाहेकोबारे सजग छन्।

बार्सिलोनासँग कुरा भएपछि एजेन्ट रायोला र सिनियर हाल्यान्डले बिहीबार नै अर्को क्लब रियल मड्रिडसँग पनि कुरा गर्न भ्याएका थिए। यसरी हेर्दा रोयललाई अहिले हाल्यान्डलाई लिलामीमा राखेजस्तो देखिन्छ।

एम्बाप्पेलाई आलोचक भारी

पछिल्लो समय केलियन एम्बाप्पेलाई आलोचकको सामना गर्न भारी पर्न थालेको छ। उनको प्रदर्शनलाई लिएर आलोचकले भविष्यमाथि नै प्रश्न गरेपछि उनलाई आलोचना भारी पर्न थालेको हो।

२०२२ सम्म पीएसजीको सम्झौतामा रहेका उनी फ्रान्सको राष्ट्रिय टिममा परेका थिए। फ्रान्सले फिफा विश्वकप छनोटमा ९ अंकमा सात अंक जोडेको छ। तर उनले कुनै गोल गर्न सकेनन्। बरु डिफेन्डर एनगोलो कान्टेले गोल गरे तर उनले गरेनन्। युक्रेनविरुद्धको खेलमा पनि उनले ९० मिनेट खेल्न पाएनन्।

त्यसैले पीएसजीले उनलाई केन्द्रमा राखिरहन गाह्रो हुने फुटबल पण्डितहरुको अनुमान छ। यता, पीएसजीले उनीसँग नयाँ सम्झौता गर्न चाहे पनि उनी एक्जिट क्लज घटाउनमा लागिपरेका छन्। उनले सम्झौता नविकरणमा पनि आलटाल गरिरहेका छन् तर फ्रान्स छोडेर बाहिर नजाने पनि उनको अर्को तर्क छ।

‘क्लबमा भन्दा राष्ट्रका लागि खेल्नु गर्वको कुरा हो,’ उनले भने, ‘विदेशमा खेलेर अन्तर्राष्ट्रिय खेलका लागि मात्र स्वदेश फर्कन किनै गाह्रो कुरा हो। म अधिक समय फ्रान्समै बस्न चहान्छु।’
‘म जहिले बाहिर जाने निर्णय लिन्छु त्यो दिन सबैलाई थाहा हुनेछ,’ उनले अन्तिममा भने।

स्पेनिस पत्रिका ला पेरिसियनका अनुसार कुरो केही भिन्न छ। पीएसजीले उनीसँगको सम्झौताका लागि धैर्यता गुमाइसकेको अवस्था छ। उनको सम्झौता सकिएको अवस्थामा पीएसजीले बिना पैसा ग्लोबल स्टार गुमाउनेछ।
ऊ त्यसरी आफूलाई आउने पैसा गुमाउन चाँहदैन। यता एम्बाप्पे आफ्नो एक्जिट क्लज १२० देखि १५० बीच कायम राख्न चहान्छन्। यसकारण खेलाडी र क्लबबीच असन्तुलन पैदा भएको छ।

‘सबैभन्दा महत्वपूर्ण कुरा हामीले क्लबमा सहज अनुभव गर्न सक्नुपर्छ र सँधै मनोरञ्जन गराउन सक्नुपर्छ,’ उनले पछिल्लो खेलपछि भनेका छन्।

डर्टमन्डलाई स्टार बेच्न के समस्या ?

युरोपमा जर्मन क्लब बोरुसिया डर्टमन्ड स्टार खेलाडी बेच्ने क्लब हो। उसलाई स्टार खेलाडी हाल्यान्ड बेच्न समस्या छैन। तर खेलाडीको उचित मूल्य भने पाउनु पर्यो।

यस्तै मूल्यको पर्खाइमा छ डर्टमन्ड। उसलाई युरोपमा उत्कृष्ट खेलाडी जन्माउने क्लबका रुपमा पनि लिइन्छ। जम्माउने र विश्वमा चिनाउने क्लब पनि हो डर्टमन्ड।

त्यसैले हाल्यान्डले क्लब छोड्न चाहेको अवस्थामा डर्टमन्डले नदिने भन्ने आशंका चाहिँ अन्त्यन्तै न्यून छ। तर उसले बेच्न चाहेको भनेर बताएको छैन।

हाल्यान्डबारे डर्टमन्ड र एम्बाप्पेबारे पीएसजी मौन रहँदा पनि दुई खेलाडी अनुबन्धमा रियल र बार्सिलोना दौडिरहेका छन्।

रियल र बार्सिलोनाको ट्रान्सफर प्रतिस्पर्धा

अहिले मात्र होइन यसअघि पनि यी दुवै क्लबले एक खेलाडी भित्र्याउनलाई निकै मेहनत गरेका थिए।

यसअघि ब्राजिलियन स्ट्राइकर नेयमार अनुबन्ध गर्ने सवालमा पनि दुबै क्लबले अत्यधिक चासो देखाएका थिए। नेयमारका लागि रियलले धेरै रकम खर्च गर्ने बताए पनि उनी मेस्सीसँगै खेल्न चाहन्थे। त्यसैले उनी बार्सिलोनामा अनुबन्ध भए।

त्यसपछि लिभरपुलबाट सुआरेज अनुबन्ध गर्ने समयमा पनि बार्सिलोना र रियलबीच निकै घम्साघम्सी भएको थियो। उनको समयमा उरुग्वेयन स्टार सबै क्लबले आफ्नो टिममा भर्ती गर्न चाहन्थे। तर उनी बार्सिलोनामा अनुबन्ध भए।

कतिपय खेलाडीले त दुवै टिमबाट खेलेका थिए। अल्फ्रेदा डि स्टेफानो, डेबिड ब्याकहम, रोनाल्डिन्हो, ड्यानी अल्वेस लगायतका खेलाडीलाई दुवै क्लबले रुचाएका थिए। उनीहरुले त दुवै क्लबलबाट खेले।

यीमध्ये सबैभन्दा विवादित खेलाडीका रुपमा अल्फ्रेदा डि स्टेफानोलाई लिइन्छ। अहिले फेरि रियल र बार्सिलोना त्यस्तै दौडमा छन्। त्यसैले यो बाजी कसले मार्ला त्यो समयले देखाउला।

तर यो दौडमा तेस्रो टिम विजयी हुने सम्भावना पनि उत्तिकै छ।  त्यो हो हाल्यान्डलाई प्रिमियर क्लब चेल्सी र म्यानचेस्टर सिटीको चासो। यी दुई क्लबले आँखा लगाइरहेको हुँदा दुवै स्पेनिस क्लबले चाहेअनुकुल नहुने अवस्था पनि उत्तिकै छ।

प्रकाशित: Apr 02, 2021| 12:58 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।