शुक्रबार, असार २६, २०८३

एनभीए भलिबल लिगमा पुलिस, एपीएफ र आर्मीको जित

एनभीए राष्ट्रिय महिला/पुरुष भलिबल लिगमा तीन विभागीय क्लबले सुरुवाती जित निकालेका छन्।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- एनभीए राष्ट्रिय महिला/पुरुष भलिबल लिगमा तीन विभागीय क्लबले सुरुवाती जित निकालेका छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा सम्पन्न पहिलो खेलमा विभागीय टिम एपीएफले सानदार जित निकाल्यो। जितका लागि उसले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हरायो।

पहिलो सेटमा २५–३ को सानदार जित निकालेको एपीएफले दोस्रो र तेस्रो सेटमा पनि २५–९ र २५–५ को सहज जित निकालेको थियो। यो जितसँगै एपीएफले तीन अंक जोडेको छ।

दोस्रो खेलमा पुलिस क्लबले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सेटमै पराजित गरेको छ। पुलिसले तिनै सेटमा १३ अंकभन्दा धेरैको अन्तरले जित निकाल्यो।

पहिलो सेटमा २५–४ अन्तरले पराजित भरतपुरलाई पुलिसले दोस्रो सेटमा २५–७ ले हराएको थियो। तेस्रो सेटमा पनि भरतपुरले १२ अंक जोड्दा पुलिसले २५ अंकको लक्ष्य पुरा गर्‍यो। यो जितसँगै पुलिसले पनि तीन अंक जोडेको छ।

महिलातर्फ आजको तेस्रो तथा अन्तिम खेलमा आर्मीले न्यु डाइमन्डमाथि ३–२ सेटको संघर्षपूर्ण जित निकालेको छ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २५–१७ ले जितेको आर्मीले दोस्रो सेटमा भने जित निकाल्न सकेन। २०–२५ ले दोस्रो सेट गुमाए पनि तेस्रो सेटमा २५–२३ को जित निकालेको थियो।

त्यसपछि चौथो सेटमा आर्मीलाई १० अंकले पछि पार्दै न्यु डाइमन्डले जितेपछि चार सेटसम्म दुबै क्लबले २–२ जितको बराबरी गरेका थिए।

तर अन्तिम सेटमा आर्मीले २५–१२ को जित निकाल्दै खेलमा दुई अंक बटुल्न सफल भयो। यता पराजित न्यु डायमन्डले पनि एक अंक जोड्यो।

आजका तीन खेलसँगै महिलातर्फका चार खेल सम्पन्न भएका छन्। पहिलो खेलमा सोझो सेटमा जित र दोस्रोमा ३–२ को हार बेहोरेको न्यु डायमन्ड चार अंकका साथ अंकतालिकाको शीर्षस्थानमा छ।

बाँकी टिम पुलिस, र एपीएफको समान ३÷३ अंक छ भने आर्मी दुई अंकका साथ चौथो स्थानमा छ।

प्रकाशित: Apr 02, 2021| 12:03 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।