शनिबार, फागुन ३०, २०८२

बुटवल लुम्बिनीको खेलाडी र क्लब गीत सार्वजनिक

नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब बुटबल लुम्बिनीले आफ्ना खेलाडी र क्लबको गीत सार्वजनिक गरेको छ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब बुटबल लुम्बिनीले आफ्ना खेलाडी र क्लबको गीत सार्वजनिक गरेको छ।

National life

उसले काठमाडौंमा आज (शुक्रबार) एक कार्यक्रम गरी खेलाडी र गीत सार्वजनिक गरेको हो।

बुटबल लुम्बिनीले गत चैत ६ गते भएको अक्सनबाट १४ खेलाडी क्लबमा समावेश गरिसकेको छ भने मार्की खेलाडी विकाश श्रेष्ठलाई बनाएको छ। राजुकाजी शाक्य महाप्रबन्धक रहेको क्लबले सनोज श्रेष्ठलाई मुख्य प्रशिक्षकको रुपमा राखेको छ।

खेलाडी सार्वजनिक गर्दै क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले भने, ‘हाम्रो रणनीतिअनुसार खेलाडी सार्वजनिक ढिलो गरेका हौं। हाम्रो २० स्क्वाडमा तीन विदेशी खेलाडी छन्।’

क्लबले विदेशी कोटाका खेलाडी पनि अनुबन्ध भैसकेको बताएको छ। बुटबल लुम्बिनीमा अफ्रिकन मुलुक घानाका डिफेन्डर विलियम ओपेक ऐस्डु, नाइजेरियाका मिडफिल्डर ओमआलाजा न्युलेन करिम र चाडका स्ट्राइकर अरमान्ड बेडुम छन्। यसमध्ये दुइै खेलाडीले भर्खरै सम्पन्न आईलिग खेलेका थिए भने करिम गत सिजन नेपालमा खेल्न आए पनि खेल्न पाएका थिएनन्।

Laxmi sunrise bank
kumari

बुटबलले ‘यो खेल हो...’ बोलको क्लब गीत पनि सार्वजनिक गरेको छ। गीतमा सुगम पोखरेलले स्वर दिएका छन्।
क्लब मार्की विशाल श्रेष्ठले आफ्नो टिम निकै ब्यालेन्स रहेको बताएका छन्। उनले भने, ‘हाम्रो टिम ब्यालेन्स छ। टिमको योङ र सिनियरको जोडी राम्रो छ। प्रशिक्षक सनोज श्रेष्ठ र राजु दाईले पनि सहयोग गर्नुहुन्छ। अक्सनको बेलामा पनि जुन खेलाडी सोचेको थियौँ त्यस्तै आको छ।’

लोकल खेलाडीमा दुबिधा

फ्रेन्चाइजको नियमअनुसार हरेक क्लबले अनिवार्य दुईजना स्थानीय खेलाडी राख्नुपर्ने नियम छ। तर क्लबका महाप्रबन्धक राजुकाजी शाक्यले स्थानीय खेलाडी अनुबन्ध गर्ने कुरामा केही दुबिधा भएको बताएका छन्।

एन्फा र आयोजक एनएसएलले परिवक्व निर्णय गर्न नसक्दा उनले चाँडै खेलाडी अनुबन्ध गर्न नसकेको बताए।
उनले भने, ‘लोकल खेलाडी लिने सन्दर्भमा निकै दुबिधा भयो। पहिले जो लिए पनि हुन्छ भन्ने थियो। पछि लिग खेल्ने खेलाडी अनुबन्ध गर्न नमिल्ने निर्णय आएको थियो। 

तर बी र सीका खेलाडी लिन पाउने ए डिभिजनका खेलाडी लिन नपाउने भन्ने पछिल्लो निर्णय आएपछि त्यही अनुसार गर्दैछौँ।’

शाक्यका अनुसार सातै फ्रेन्चाइज टिममा उस्तै जस्ता खेलाडी छन्। तुलनात्मक रुपमा काठमाडौं रेजर्क अलिक बलियो रहेको उनको अनुमान छ। 

उनले भने, ‘काठमाडौं केही बलियो हो कि भन्ने लागेको छ तर विदेशी खेलाडीले कति खेल्न सक्छ त्यसमा पनि भरपर्ने देखिन्छ। यसकारण खेलपछि नै बलियो–कमजोर थाहा हुन्छ।’

बुटवल लुम्बिनीका खेलाडी :

विशाल श्रेष्ठ, लक्ष्मण रुचाल, सुरज बिके, रबिन श्रेष्ठ, शत्रुधन चौधरी, शेसेहाङ आङदम्बे, मान बहादुर परियार, रवी थापा मगर, अमिर श्रेष्ठ, अनिल मान महर्जन, आशिष लामा, चेतन कुमार थारु, सुमन लामा, जय गुरुङ, रन्दीप पौडेल
बुटबल लुम्बिनीले पछिल्लो अक्सनमा ९ लाख ६० हजार रुपैयाँ खर्च गरेको थियो। उसले १५ लाख ५० हजार पकेट मनिबाट ५ लाख ९० हजार बचत गरेको छ।

प्रकाशित: Apr 02, 2021| 11:20 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।