शुक्रबार, असार २६, २०८३

एएफसी कपको नेपालमा हुने खेलको लागत २० लाख

एएफसी कप प्रीलिमिनरी राउन्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आगामी चैत २५ गते दशरथ रंगशालामा श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग खेल्दैछ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- एएफसी कप प्रीलिमिनरी राउन्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आगामी चैत २५ गते दशरथ रंगशालामा श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग खेल्दैछ।

नेपालको लिगविजेता मछिन्द्र क्लबसँग एएफसी लाइसेन्स नभएका कारण आर्मी क्लबले लाइसेन्स प्राप्त गरी पहिलोपटक एएफसी खेल्दैछ। यसअघि मनाङमर्स्याङ्दीले एसीयालीस्तरको प्रतियोगिता खेले पनि त्यतिबेला मनाङले लाइसेन्स प्राप्त गरेको थिएन।

श्रीलंका पुलिस एएफसी कप खेल्नका लागि आगामी २२ गते नेपाल आइपुग्ने आर्मी क्लबले जनाएको छ। त्यस्तै, एफसीका अन्य अफिसियलहरु चैत २१ गते नेपाल आइपुग्ने छन्।

आयोजन आर्मी क्लबले अप्रिल ७ तारिकको साँझ ५ बजे सुरु गर्ने खेलका लागि रंगशालामा साधारणतर्फ ३०० र भीआईपी तर्फ ५०० रुपैयाँ मूल्यको टिकट व्यवस्था गरेको छ।

तर खेल सुरु हुन ५ दिन पनि बाँकी नरहेको अवस्थामा आर्मीले टिम सार्वजनिक गरेको छैन। ‘थ्री नेसन्स खेलेका तीन खेलाडी हाम्रो टिममा छन्। अनि नेशनल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी पनि समावेश हुन्छन्,’ शारीरिक तालिम तथा प्रशिक्षण विभाग भद्रकालीका केन्द्रपति ब्रजेश खनालले भने।

आर्मीको प्रशिक्षकमा नवीन न्याउपाने नै रहने भएका छन्। उनी नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब पोखरा ठन्डर्सका पनि प्रशिक्षक हुन्।

सिंगल गेम नक आउटको आधारमा हुने खेल नेपालले आयोजना गर्न पाएको हो। यसकारण घरेलु मैदानमा नेपाली टिमका लागि थप उत्साह हुनेछ।

साथै, खेलमा उपस्थित समर्थक, खेलाडी र अफिसियलले कोभिड प्रोटोकल पालना गर्नुपर्ने छ। श्रीलंकाबाट आउने सबै खेलाडी अनि एएफसीले पठाएका अफिसियलको आर्मीले भद्रकालीमा कोभिड जाँच गराउनेछ।

आयोजक आर्मीले यो खेलको लागि २० लाख अनुमानित रकम लाग्ने बताएको छ। ‘खर्चको व्यवस्थापन एएफसीले दिएको रकमलाई परिचालन गरेर गर्नेछौं,’ केन्द्रपति खनालले भने।

आयोजक आर्मी भए पनि यो खेलमा राष्ट्रको प्रतिष्ठा जोडिएकाले एन्फाले प्राविधिक सहयोग गर्ने एन्फाका प्रवक्ता किरण राईले बताएका छन्।

प्रकाशित: Apr 02, 2021| 08:40 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।