शुक्रबार, असार २६, २०८३

भलिबल च्याम्पियनसिपमा विभागीय क्लबको सुखद् सुरुआत

पाचौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागिय टिमले सुरुआति जित निकालेका छन्।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं – पाचौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा विभागिय टिमले सुरुआति जित निकालेका छन्।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सेटमा हराएको हो।

राष्ट्रिय भलिबल टिमका खेलाडीले सजिएको पुलिसले पहिलो दोस्रो र तेस्रो सेटमा क्रमशः २५–९, २५–२१ र २५–१६ को जित निकालेको थियो।

त्यस्तै, दोस्रो खेलमा सशस्त्र प्रहरीको विभागिय टिम एपीएफले बुलबुले रारा क्लबलाई ३–१ को सेटमा हराएको हो। उसले पहिलो र दोस्रो सेटमा २५–२० र २८–२६ को जित निकाले पनि तेस्रो सेट १८–२५ ले गुमाएको थियो।

तर, अर्को सेटमा ३२–३० को जित निकाल्दै। एपीएफले खेल जितेको थियो।

अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द क्लबमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो। आर्मीले लगातार २५–१७, २५–१४ र २५–२१ को जित निकालेको हो।

पहिलो जितसँगै पुलिस, एपीएफ र आर्मीले समान तीन अंक जोडेका छन्। समान तीन अंक भए पनि स्कोरिङका आधारमा शीर्षस्थानमा पुलिस छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः आर्मी र एपीफ छन्। पुलिस, आर्मी र एपीएफको जितको अनुपात क्रमशः १ दशमलव ६३, १ दशमलव ४४ र १ दशमलव १ छ।

च्याम्पियनसिपमा महिलातर्फ तीन विभागीयसहित न्यू डायमन्ड, ढोरपाटन क्लब, भरतपुर महानगर रहेको आयोजकले बताएको छ।

त्यस्तै, पुरुषतर्फ पुलिस, सशस्त्र र आर्मी गरी तीन विभागीय टोलीसहित एचएनएससी, बुद्ध युवा क्लब, नयाँबजार क्लब, मनिमुकुन्द क्लब र बुल्बुले रारा क्लब छन्।

प्रकाशित: Apr 02, 2021| 00:39 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।